मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्षमा यादव नियुक्त

2 वर्ष पहिले प्रकाशित

 

जनकपुरधाम, साउन ११ गते 

 

मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्षमा आज शुक्रबार शिवराम यादव नियुक्त भएका छन् । 

 

मधेश सरकारको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई मधेश लोकसेवा आयोगको अध्यक्षमा नियुक्त गरेको हो ।बिहीबार साँझ मुख्यमन्त्री सतिशकुमार सिंहले उनलाई मधेश लोकसेवा आयोगको अध्यक्षमा सिफारिस गर्न प्रदेश प्रमुख सुभित्रा सुवेदी भण्डारीलाई सिफारिस गरेका थिए ।

 

५७ वर्षीय यादव सिरहाको सिरहा नगरपालिका वडा नम्बर १३ गमहरिया निवासी हुन् ।गत २०७६ भदौ ४ गते गठन भएको मधेश प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेन्द्रप्रसाद यादव तथा सदस्य महारुद्र झा उमेर हदका कारण केही महिना अगाडि पदमुक्त भएका थिए । आयोगमा अहिले एकजना सदस्य डा. सुजाता देव मात्रै छिन् ।

 

तीन सदस्यीय आयोगमा दुई सदस्य रिक्त हुँदा कर्मचारी नियुक्ति र बढुवा लगायतका काम प्रभावित भएका छन् । आयोगले गर्ने कामका लागि दुई पदाधिकारी हुनैपर्ने कानुनी व्यवस्था रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  रेविता कुमारी राष्ट्रिय आवाज, जनकपुरधाम, असोज २८ गते   तथ्याङ्क सङ्कलन तथा व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थान..

    दीपक श्रेष्ठ मण्डल  राष्ट्रिय आवाज  जनकपुरधाम, असोज २६ गते जनकपुरधाम उपमहानगरपालिका–३ मा राष्ट्रिय à¤..

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..