मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्षमा यादव नियुक्त

1 वर्ष पहिले प्रकाशित

 

जनकपुरधाम, साउन ११ गते 

 

मधेश प्रदेश लोकसेवा आयोगको अध्यक्षमा आज शुक्रबार शिवराम यादव नियुक्त भएका छन् । 

 

मधेश सरकारको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई मधेश लोकसेवा आयोगको अध्यक्षमा नियुक्त गरेको हो ।बिहीबार साँझ मुख्यमन्त्री सतिशकुमार सिंहले उनलाई मधेश लोकसेवा आयोगको अध्यक्षमा सिफारिस गर्न प्रदेश प्रमुख सुभित्रा सुवेदी भण्डारीलाई सिफारिस गरेका थिए ।

 

५७ वर्षीय यादव सिरहाको सिरहा नगरपालिका वडा नम्बर १३ गमहरिया निवासी हुन् ।गत २०७६ भदौ ४ गते गठन भएको मधेश प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेन्द्रप्रसाद यादव तथा सदस्य महारुद्र झा उमेर हदका कारण केही महिना अगाडि पदमुक्त भएका थिए । आयोगमा अहिले एकजना सदस्य डा. सुजाता देव मात्रै छिन् ।

 

तीन सदस्यीय आयोगमा दुई सदस्य रिक्त हुँदा कर्मचारी नियुक्ति र बढुवा लगायतका काम प्रभावित भएका छन् । आयोगले गर्ने कामका लागि दुई पदाधिकारी हुनैपर्ने कानुनी व्यवस्था रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  ईन्द्र भुषण यादब  जनकपुरधाम, पुस ६ गते    जनकपुरधाम काे प्रसिद्ध गोपाल सेवा समिति स्थित श्रीकृष्ण मन्दिर..

जीवनराज दाहाल  बर्दिवास, पौष ५ गते   बर्दिवास–१४ स्थित एकीकृत नमुना मुसहर बस्तीका बालबालिकाको शिक्षामा सहय..

    सन्तोष महतो जनकपुरधाम, पुस ५ गते (शनिबार) निरंकारी मण्डल जनकपुरधामको आयोजनामा आज शनिबार सामाजिक उत्तरदायि..

    राष्ट्रिय आवाज  जनकपुरधाम, पुस ४ गते  मिथिलाको सांस्कृतिक राजधानी जनकपुरधाम यतिबेला युवाहरूको उत्साह, ..

  राष्ट्रिय आवाज  जनकपुरधाम, ३ पुस जनकपुरधाममा आयोजना हुन लागेको नेपाल जेसीजको ५२ औँ राष्ट्रिय महाधिवेशनको स..