रामपुर स्वास्थ्य चौकीको स्तर वृद्धिको माग गर्दै स्वास्थ्य मन्त्रीलाई ज्ञापनपत्र

1 वर्ष पहिले प्रकाशित

साउन १६

बारा, परवानीपुर— राष्ट्रिय एकता अभियानका केंद्रीय अध्यक्ष विनय यादवले रामपुर स्वास्थ्य चौकीको स्तरवृद्धि तथा जनशक्ति र उपकरणको व्यवस्था गरिदिन माग गर्दै नेपाल सरकारका स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई ज्ञापनपत्र बुझाएका छन्। 

 

ज्ञापनपत्रमा उल्लेख भए अनुसार बारा जिल्लाको परवानीपुर गाउँपालिका स्थित रामपुर स्वास्थ्य चौकीमा कम्तीमा २५ वटा गाउँ र एक लाखभन्दा बढी जनसंख्या निर्भर छ। तर, स्वास्थ्य चौकीमा आवश्यक जनशक्ति, औषधी, उपकरण, र स्वास्थ्य सेवा सुविधाको अभाव रहेकोले स्थानीय जनताले उचित सेवा प्राप्त गर्न नसकेको र महँगो शुल्क तिरेर नीजी स्वास्थ्य संस्थामा जान बाध्य भएको उल्लेख गरिएको छ।

 

ज्ञापनपत्रमा रामपुर स्वास्थ्य चौकीको भौतिक पूर्वाधार, भवन र अन्य सुविधाहरूको स्तरोन्नति, विशेषज्ञ चिकित्सक, MBBS डाक्टर, नर्स, र अन्य आवश्यक स्वास्थ्य कर्मीहरूको व्यवस्था, साथै अत्यावश्यक औषधी, उपकरण, र अन्य सामग्रीहरूको पर्याप्त आपूर्ति गरिनुपर्ने माग गरिएको छ।

 

विनय यादवले उक्त समस्याको समाधानका लागि शीघ्र कदम चाल्न स्वास्थ्य मन्त्रीलाई अनुरोध गर्दै, यो कदमले स्थानीय जनताले पाउने स्वास्थ्य सेवामा सुधार हुने विश्वास व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    जीवनराज  बर्दिवास, मंसिर २७ गते  बर्दिबास साहित्यिक–सांस्कृतिक प्रतिष्ठानको ७५औँ शृङ्खला (हीरक अङ्क)..

राष्ट्रिय आवाज  जनकपुरधाम, २७ मंसिर   बढ्दो मानसिक तनाव र असन्तुलित जीवनशैलीका कारण समाजमा मानसिक समस्या ती..

    राष्ट्रिय आवाज  जनकपुर धाम, मंसिर २७ गते  नेपाल फार्मेसी संघ, मधेश प्रदेश अन्तर्गत धनुषा जिल्लाको प्रथम ..

  राष्ट्रिय आवाज  जनकपुरधाम, मंसिर २७ गते   जनकपुरधाम प्रशोधित पानी उद्योग व्यवसायीक संघको वार्षिक साधारण स..

  राष्ट्रिय आवाज जनकपुरधाम, मंसिर २५ गते   जनकपुरधाममा सम्पन्न मानव अधिकार सम्बन्धी दुई दिने मंसिर २४र २५ गते ..