जउवा संघको वरिष्ठ उपाध्यक्ष पदमा अम्भु प्रसाद साहले उम्मेदवारी दिने घोषणा

2 वर्ष पहिले प्रकाशित

 

जनकपुर धाम 

साउन १८शुक्रबार 

जनकपुरधाम उद्योग बाणिज्य संघको नयाँ नेतृत्वको लागि वरिष्ठ उपाध्यक्ष पदमा अम्भु प्रसाद साहले उम्मेदवारी दिने भएका छन् ।

 

आगामी भदौ २९ गते हुन लागेको जनकपुरधाम उद्योग बाणिज्य संघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिन लागेको अम्भु प्रसाद साहले बताए । साह वर्तमानमा जनकपुरधाम उद्योग बाणिज्य संघको उपाध्यक्ष पदमा रहेको छ । उक्त पदमा रहेर साहले जनकपुरधामको व्यवसायीहरुको हितमा धेरै कामहरु गरेको जनकपुरधामकै व्यवसायीहरु बाट सुन्ने गरिएको छ । 

 

 

यसै सन्दर्भमा केही व्यवसायीहरु बाट जानकारी लिन खोज्दा व्यवसायीहरुका अनुसार वहाँले उपाध्यक्ष पदमा रहेर ३ बर्से कार्यकालमा भएको २७ वटा बोर्ड मिटिङमा शत प्रतिशतमा सक्रिय उपस्थिति रहेको बताए । एक व्यवसायीले भने वहाँ पदमा रहेर गरेको कामहरु सम्झिने हो भने वहाँले पहिलो लकडाउनमा ५८ दिन सम्म विभिन्न १० स्थानमा खानाको बन्दोबस्त गरि खाना वितरण गरेको र गर्न लगाएको थियो। वहाँले युवाहरूलाई रोजगारी खोज्नु भन्दा आफ्नै व्यावसाय संचालन गरि रोजगार श्रृजना गर्नुको साथै व्यावसाय संचालन गर्न सहयोग समेत गर्नुभएको बताए । साथै वहाँले जनकपुरधामको पर्यटन प्रबर्द्धनको लागि निरन्तर कार्यहरु गर्दै आउनु भएको छ।

 

त्यस्तै अझै बुझ्न खोज्दा वहाँ जनकपुरधामको पर्यटक बढाउनको लागि भिजिट जनकपुरधाम अभियान संचालनमा ल्याई त्यस अन्तर्गत नियमित रुपमा कार्यहरु गर्ने गर्नुभएको । अझै पर्यटन प्रबर्द्धन र खेलकुद विकासको लागि ईन्टर स्कुल र ईन्टर कलेज क्रीकेट प्रतियोगिता समेत गराउनु भएको कुरा एक युवाले बताए । वहाँले सरसफाई अभियानमा पनि नियमित सक्रिय सहभागीता जनाईराख्नु भएको छ। अहिले बढिरहेको गर्मी भविष्यमा अझै भयाभह नहोस भनेर वृक्षारोपन कार्यहरु दिन प्रती दिन बढदो क्रममा रहेको समयमा वहाँ पनि वृक्षारोपन कार्यमा नियमित सक्रिय सहभागी र वृक्षारोपन गर्दै आउनु भएको छ। वहाँ कृषि क्षेत्रमाको पनि जानकार रहेकोले जनकपुरधाम उद्योग बाणिज्य संघद्वारा गरिएको कार्यक्रम होस वा अन्य संघ संस्था द्वारा आयोजना गरिएको कार्यक्रममा प्रतिनिधिको रुपमा होस वहाँको उपस्तिथिमा कृषि क्षेत्रमा सुधारको सकारात्मक पहल गर्दै आउनु भएको छ।

 

अम्भु प्रसाद साह व्यावसायीहरुको समस्या बुझ्न र त्यसलाई समाधान गर्न हर बखत पहल गर्ने गरेको र गर्दै आउनु भएको वहाँ निकटतम युवा व्यवसायी बताउछन। साथै जनकपुरधामको ब्यापार व्यवसाय राम्रो फास्टउनको लागि प्रभाव पार्ने खुला सिमानाकामा कडाइ गर्नको लागि पहिला देखि नै पहल गर्दै आउनु भएको छ र गर्दै पनि आईरहेको बताए ।

 

अम्भु प्रसाद साह वरिष्ठ उपाध्यक्ष भएर आई सकेपछि जनकपुरधामको पर्यटन प्रवर्द्धनको लागि विगत भन्दा पनि बढी सक्रिय रुपमा लागेर धेरै भन्दा धेरै पर्यटक भित्र्याउने आन्तरिक पर्यटन विकास र पर्यटकीय पूर्वाधार मजबुतीकरणलाई प्राथमिकता दिने बताएका छन्। त्यस्तै जनकपुरधाम भगवान श्री राम र सीता माताको स्वयम्बर भएको इतिहास रहेको कारणले जनकपुरधामलाई वैवाहिक र वैवाहिक स्वयम्बर गन्तव्यको रुपमा स्थापित गर्न प्राथमिकता दिने र जनकपुरधाममा रहेको चर्को सटर भाडा समस्या समाधानका लागि बाहिरी रिङ्गरोड बिस्तार गर्न लागाई बजार विस्तार गर्ने योजना पनि रहेको बताए। साथै कृषि क्षेत्रको विस्तारको लागि कृषि बजार व्यवस्थापन लगायतको कार्यलाई पनि प्राथमिकतामा राखेको बताए। उनले व्यापारीहरूको समस्याहरू समाधान गर्न हरपल तयार रहेको प्रतिबद्धता व्यक्त गर्दै सबैको सहयोग र समर्थन गर्नको लागि अपील गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ १३ गते नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक एवं पूर्वप्रधानमन्त्री माध..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..