सुशासन र स्वनियमनबाट सहकारीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड : मुख्यमन्त्री सिँह

1 वर्ष पहिले प्रकाशित

 

जनकपुरधाम, १९ साउन ।मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिँहले विभिन्न सूचकहरूको निरीक्षण तथा विश्लेषण गरी समस्याग्रस्त सहकारीको अवस्था पहिचान गर्न र तिनका आधारमा समाधानका उपाय खोज्न सम्बद्ध सरकारी निकायका अधिकारीहरूलाई आग्रह गरेका छन् ।

 

राष्ट्रिय सहकारी बैंक लिमिटेडको २२ औँ स्थापना दिवसको अवसरमा महोत्तरीको बर्दिवासमा आयोजित सहकारीको वर्तमान अवस्था र भावी कार्यदिशा विषयक प्रदेशस्तरीय गोष्ठी एवं सदस्य सम्मान कार्यक्रममा मुख्यमन्त्री सिँहले सहकारी क्षेत्रलाई मर्यादित, व्यावसायिक, समावेशी एवम् सहभागितामूलक बनाएर नियमन, सुशासन र दायित्वबोधका आधारमा अगाडि बढाउन सकिए आर्थिक समानता र सामाजिक न्यायको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुग्ने बताए ।

 

उनले पछिल्ला दिनमा केही संकटग्रस्त सहकारीका कारण सहकारी भन्नेबित्तिकै झसङ्ग हुने अवस्था आएको औँल्याउँदै सुशासन र स्वनियमनमार्फत सहकारी मूल्य, मान्यता र आदर्श प्रवद्र्धन गर्न सकिए यस क्षेत्रको विश्वसनीयता र प्रभावकारिता वृद्धि हुने उल्लेख गरे ।

 

सार्वजनिक निकाय उत्पादन तथा व्यवसाय क्षेत्रमा प्रत्यक्ष रूपमा सहभागी नहुने र निजी क्षेत्र नाफामूलक क्षेत्रमा बढीजसो आकर्षित हुने हुँदा उत्पादन तथा व्यावसायिक गति विधिमार्फत राष्ट्रिय अर्थतन्त्रमा सहकारीले पुर्याउँदै आएको योगदानको प्रशंसा गरे ।

 

उनले भने, ‘राष्ट्रको तीव्र विकासमा सहकारीले राम्रो भूमिका निर्वाह गरिरहेको छ । राज्यसँग समन्वय गर्ने सहकारीहरूले विभिन्न देशमा राम्रा काम गरेका छन् ।’

 

मुख्यमन्त्री सिँहले सञ्चालक समिति र सदस्यहरूबीच तालमेल नहुँदा किसान लगायत सर्वसाधारणको निक्षेपदेखि अन्य विषयमा समस्या देखिएको भए पनि ती कुरालाई समाधान गर्न सम्बद्ध निकायहरूले प्रतिबद्धता व्यक्त गरिरहेको प्रस्ट्याए ।

 

ऋण चुक्ता गरिसके पनि धित्तो राखिएका जग्गा फुकुवा नभएको गुनासा आइरहेको भन्दै उनले त्यस विषयमा आफूले आधिकारिक व्यक्तिहरूसँग कुरा गरेको र थर्ड पार्टी कोल्याट्रलसँग जोडिएका समस्या अन्त्य हुने आश्वासन पाएको जानकारी गराए ।कार्यक्रममा सहकारी सदस्यहरूलाई सम्मान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज, जनकपुर धाम    ग्लोबल एक्सन नेपाल द्वारा धनुषाको लक्ष्मिनिया गाउँपालिका–सपहीमा सामाजिक ..

    राष्ट्रिय आवाज जनकपुर धाम,कार्तिक ११ गते    ‘स्वास्थ्य र सिर्जनशील युवाको लागि खेलकुद, खेलकुदका लागि ..

  राष्ट्रिय आवाज जनकपुरधाम, कार्तिक ११ गते जनकपुरधाम उपमहानगरपालिकामा कार्यरत भेटेरिनरी डाक्टर अमर कुमार साह..

राष्ट्रिय आवाज बर्दिवास, महोत्तरी ,कार्तिक १० गते नेपाल रेडक्रस सोसाइटी बर्दिवास उपशाखा अन्तर्गतको बर्दिवास रक..

  राष्ट्रिय आवाज      जनकपुरधाम, कार्तिक १० गते  जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको तेलहा पो..