कामतलाई मधेश विभूति घोषणाकाे माग गर्दै दवाव कार्यक्रम आयोजन

2 वर्ष पहिले प्रकाशित

 

 

जनकपुरधाम, साउन १७ - राष्ट्रिय एकता अभियानका युवा नेता मनीष पुर्बे र पंकज झाको नेतृत्वमा स्व. गुरूदेव कामतलाई मधेश विभूति घोषणाको माग गर्दै जनकपुरधाममा दवाव कार्यक्रम आयोजना गरिएको छ। उक्त कार्यक्रममा मधेश प्रज्ञा प्रतिष्ठानका प्रमुख रामभरोस कापडीले गुरूदेव कामतको अपमान गरेको भन्दै सहभागीहरूले कापडीको पुत्ला दहन गरेका थिए।

 

कार्यक्रममा सहभागीहरूले "गुरूदेव कामतलाई प्रदेश विभूति घोषणा गर," "गुरुदेव कामतको अपमान गर्ने कार्य बन्द गर," "राम भरोस कापडी राजीनामा देउ," "मधेस प्रज्ञा प्रतिस्ठान मुर्दावाद," र "मधेस सरकार मुर्दावाद" जस्ता नारा लगाउँदै विरोध प्रदर्शन गरे।

 

नेता मनीष पुर्बेले गुरूदेव कामतले मधेशका लागि कला र सङीतको माध्यमबाट महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै उनको सम्मान गर्न प्रदेश सरकारले उनलाई विभूति घोषणा गर्नुपर्ने माग गरे। प्रदर्शनकारीहरूले रामभरोस कापडीको नेतृत्वमाथि असन्तुष्टि जनाउँदै तुरुन्तै उनको राजीनामा माग गरे।

 

कार्यक्रममा सहभागीहरूले रामभरोस कापडीले गुरूदेव कामतको योगदानको अवमूल्यन गरेको आरोप लगाउँदै यस प्रकारको गतिविधिले मधेशको गौरवलाई ठेस पुर्याएको बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम, भदौ १४ गते    जनकपुरधाम–१० स्थित देवीचोकमा श्री चित्रगुप्त सेवा समितिको आय..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ १३ गते नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक एवं पूर्वप्रधानमन्त्री माध..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..