कामतलाई मधेश विभूति घोषणाकाे माग गर्दै दवाव कार्यक्रम आयोजन

1 वर्ष पहिले प्रकाशित

 

 

जनकपुरधाम, साउन १७ - राष्ट्रिय एकता अभियानका युवा नेता मनीष पुर्बे र पंकज झाको नेतृत्वमा स्व. गुरूदेव कामतलाई मधेश विभूति घोषणाको माग गर्दै जनकपुरधाममा दवाव कार्यक्रम आयोजना गरिएको छ। उक्त कार्यक्रममा मधेश प्रज्ञा प्रतिष्ठानका प्रमुख रामभरोस कापडीले गुरूदेव कामतको अपमान गरेको भन्दै सहभागीहरूले कापडीको पुत्ला दहन गरेका थिए।

 

कार्यक्रममा सहभागीहरूले "गुरूदेव कामतलाई प्रदेश विभूति घोषणा गर," "गुरुदेव कामतको अपमान गर्ने कार्य बन्द गर," "राम भरोस कापडी राजीनामा देउ," "मधेस प्रज्ञा प्रतिस्ठान मुर्दावाद," र "मधेस सरकार मुर्दावाद" जस्ता नारा लगाउँदै विरोध प्रदर्शन गरे।

 

नेता मनीष पुर्बेले गुरूदेव कामतले मधेशका लागि कला र सङीतको माध्यमबाट महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै उनको सम्मान गर्न प्रदेश सरकारले उनलाई विभूति घोषणा गर्नुपर्ने माग गरे। प्रदर्शनकारीहरूले रामभरोस कापडीको नेतृत्वमाथि असन्तुष्टि जनाउँदै तुरुन्तै उनको राजीनामा माग गरे।

 

कार्यक्रममा सहभागीहरूले रामभरोस कापडीले गुरूदेव कामतको योगदानको अवमूल्यन गरेको आरोप लगाउँदै यस प्रकारको गतिविधिले मधेशको गौरवलाई ठेस पुर्याएको बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज, जनकपुर धाम    ग्लोबल एक्सन नेपाल द्वारा धनुषाको लक्ष्मिनिया गाउँपालिका–सपहीमा सामाजिक ..

    राष्ट्रिय आवाज जनकपुर धाम,कार्तिक ११ गते    ‘स्वास्थ्य र सिर्जनशील युवाको लागि खेलकुद, खेलकुदका लागि ..

  राष्ट्रिय आवाज जनकपुरधाम, कार्तिक ११ गते जनकपुरधाम उपमहानगरपालिकामा कार्यरत भेटेरिनरी डाक्टर अमर कुमार साह..

राष्ट्रिय आवाज बर्दिवास, महोत्तरी ,कार्तिक १० गते नेपाल रेडक्रस सोसाइटी बर्दिवास उपशाखा अन्तर्गतको बर्दिवास रक..

  राष्ट्रिय आवाज      जनकपुरधाम, कार्तिक १० गते  जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको तेलहा पो..