मुख्यमन्त्री सिँह द्वारा जलेश्वर अस्पताल निरीक्षण

8 महीना पहिले प्रकाशित

 

जलेश्वर, भाद्र ९ आईतवार 

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिँहले प्रादेशिक अस्पताल जलेश्वरमा छड्के अनुगमन गरेका छन् । रातका बेला चिकित्सक तथा स्वास्थ्यकर्मी अभावमा बिरामीको उपचारमा कठिनाइ हुने गरेको जनगुनासो बढे पछि मुख्यमन्त्री सिँहले आज आइतबार साँझ अस्पताल अनुगमन गरेका हुन् । 

मुख्यमन्त्री सिँहले अस्पतालका आकस्मिक कक्ष, प्रसूति गृह र प्रयोगशाला लगायत निरीक्षण गरेका छन् । निरीक्षणक्रममा उनले ड्युटी चार्ट अवलोकन गरी चिकित्सक तथा स्वास्थ्यकर्मी आए नआएका विषयमा खोजीनीति गरेका छन् ।

उनले अस्पतालमा उपचार गराइरहेका बिरामी तथा कुरुवाहरूसँग पनि अस्पतालका सेवाबारे सोधपुछ गरेका छन् ।  

निरीक्षणक्रममा मुख्यमन्त्री सिँहले अस्पतालका सेवा व्यवस्थित तथा प्रभावकारी बनाउन त्यहाँ उपलब्ध अधिकारीहरूलाई निर्देशन दिए । उनले अस्पतालमा सरसफाइको थप राम्रो व्यवस्थापन गरिनुपर्ने निर्देशनसमेत दिए ।

निरीक्षणपछि पत्रकारहरूसँग कुरा गर्दै मुख्यमन्त्री सिँहले दिन घर्केपछि अस्पतालमा डाक्टर र नर्स नहुने गुनासो आएपछि आफूले अस्पताल अनुगमन गरेको बताए । उनले डाक्टर र नर्सले हाजिरी गरेर घरमा नबसी निर्धारित काम जिम्मेवार भएर पुरा समय नियमित गर्नुपर्ने उल्लेख गरे । 

उनले प्रादेशिक अस्पताल जलेश्वरमा गुणस्तरीय स्वास्थ्य सेवामा बिरामीको पहुँच बढाउन सेवा विस्तार गरिने जानकारी दिए ।

पत्रकारहरूको एक प्रश्नको उत्तरमा मुख्यमन्त्री सिँहले प्रादेशिक अस्पतालमा चिकित्सक अनकल नभएर पुरा समय ड्युटीमा खटिनुपर्ने व्यवस्था गरिने पनि बताए ।यसअघि मुख्यमन्त्री सिँह प्रादेशिक अस्पताल जनकपुरको शनिबार राति ११ बजे छड्के निरीक्षण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज  जनकपुरधाम, बैशाख ६ –सनिवार  जनकपुरधामको ऐतिहासिक धार्मिक स्थल गङ्गासागरको पूर्वी डिलमा..

  मोनु गुप्ता  जनकपुरधाम, वैशाख ४ हिरो मोटरसाइकल कम्पनीले जनकपुरधाममा पहिलोपटक एक्सचेन्ज मेला सञ्चालनमा ल्य..

जनकपुरधाम, बैसाख २ गते  मधेश प्रदेशको राजधानी जनकपुरधाम स्थित पवित्र गंगासागर सरोवरमा आज मंगल बार बिहान जुडशित..

  इन्द्र भुषण यादव  जनकपुरधाम, बैशाख २ गते    मिथिलाञ्चलमा मंगलबार (आज) मंगल बार जुडशीतल पर्व मनाइँदै छ । मिथ..

  इन्द्र भुषण यादव  जनकपुरधाम, वैशाख १ धनुषा जिल्लामा भएको बेमौसमी वर्षा र हुरीका कारण पाकेको गहुँबालीमा व्या..