जनकपुरधामको विकासका लागि सबैले साथ दिनुपर्छ : सभापति मण्डल

1 वर्ष पहिले प्रकाशित

 जनकपुरधाम/मिश्रीलाल मधुकर 

भाद्र १५ गते शनिबार 

 जनकपुरधामको विकासका लागि सबैले साथ दिनुपर्छ । गंगासागरको तटमा अवस्थित कानु जातिको कुल देवता गणिनाथ पुजनोत्सवको अवसरमा आयोजित सम्मान कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै मधेस प्रदेशका सभापति श्री रामचन्द्र मण्डलले उक्त कुरा बताएका छन । सभापति मण्डलले जगत जननी माता माता सीताको भूमि जनकपुरधाम विश्वस्तरमा चिनिएको बताए । करोडौं हिन्दुहरुको आस्थाको केन्द्र हो । तर यहाँको मठ मन्दिर अतिक्रमणको शिकार बन्दै गएको छ भने मठ मन्दिरको संरक्षण गर्नु हरेक जनकपुर धाम वासीको कर्तव्य रहेको बताए । सभापतिले जनकपुरधामको विकासमा मधेस सरकार पनि गम्भीर रहेको बताए । गणिनाथ महाराज कानू जातिको कुल देवता मात्र नभएर सबै हिन्दू धर्मावलम्बीका पूजनीय देवता भएको बताए । कानू समाज धनुषाका अध्यक्ष राज कुमार साहको अध्यक्षतामा संपन्न कार्यक्रममा संविधान सभा सदस्य तथा नेपाल सरकार का पूर्व संघीय राज्य मंत्री अरविन्द कुमार साह, संविधानसभा सदस्य उर्मिला साह जनकपुरधाम उपमहानगरपालिका क उप नगर प्रमुख किशोरी साह, नेपाल वैश्य कल्याण महासंघका अध्यक्ष अमरनाथ गुप्ता, कोषाध्यक्ष राम वावू साह, नेपाल वैश्य कल्याण महासंघ धनुषाका अध्यक्ष श्याम साह, नेपाल तेली कल्याण समाज धनुषा का अध्यक्ष ललित कुमार साह , राम युवा कमिटी का अध्यक्ष सरोजकुमार साह, श्री चन साह, कृषि बैज्ञानिक राम बादल साह लगायत महानुभावहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज, जनकपुर धाम    ग्लोबल एक्सन नेपाल द्वारा धनुषाको लक्ष्मिनिया गाउँपालिका–सपहीमा सामाजिक ..

    राष्ट्रिय आवाज जनकपुर धाम,कार्तिक ११ गते    ‘स्वास्थ्य र सिर्जनशील युवाको लागि खेलकुद, खेलकुदका लागि ..

  राष्ट्रिय आवाज जनकपुरधाम, कार्तिक ११ गते जनकपुरधाम उपमहानगरपालिकामा कार्यरत भेटेरिनरी डाक्टर अमर कुमार साह..

राष्ट्रिय आवाज बर्दिवास, महोत्तरी ,कार्तिक १० गते नेपाल रेडक्रस सोसाइटी बर्दिवास उपशाखा अन्तर्गतको बर्दिवास रक..

  राष्ट्रिय आवाज      जनकपुरधाम, कार्तिक १० गते  जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको तेलहा पो..