जनकपुरधामको विकासका लागि सबैले साथ दिनुपर्छ : सभापति मण्डल

2 वर्ष पहिले प्रकाशित

 जनकपुरधाम/मिश्रीलाल मधुकर 

भाद्र १५ गते शनिबार 

 जनकपुरधामको विकासका लागि सबैले साथ दिनुपर्छ । गंगासागरको तटमा अवस्थित कानु जातिको कुल देवता गणिनाथ पुजनोत्सवको अवसरमा आयोजित सम्मान कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै मधेस प्रदेशका सभापति श्री रामचन्द्र मण्डलले उक्त कुरा बताएका छन । सभापति मण्डलले जगत जननी माता माता सीताको भूमि जनकपुरधाम विश्वस्तरमा चिनिएको बताए । करोडौं हिन्दुहरुको आस्थाको केन्द्र हो । तर यहाँको मठ मन्दिर अतिक्रमणको शिकार बन्दै गएको छ भने मठ मन्दिरको संरक्षण गर्नु हरेक जनकपुर धाम वासीको कर्तव्य रहेको बताए । सभापतिले जनकपुरधामको विकासमा मधेस सरकार पनि गम्भीर रहेको बताए । गणिनाथ महाराज कानू जातिको कुल देवता मात्र नभएर सबै हिन्दू धर्मावलम्बीका पूजनीय देवता भएको बताए । कानू समाज धनुषाका अध्यक्ष राज कुमार साहको अध्यक्षतामा संपन्न कार्यक्रममा संविधान सभा सदस्य तथा नेपाल सरकार का पूर्व संघीय राज्य मंत्री अरविन्द कुमार साह, संविधानसभा सदस्य उर्मिला साह जनकपुरधाम उपमहानगरपालिका क उप नगर प्रमुख किशोरी साह, नेपाल वैश्य कल्याण महासंघका अध्यक्ष अमरनाथ गुप्ता, कोषाध्यक्ष राम वावू साह, नेपाल वैश्य कल्याण महासंघ धनुषाका अध्यक्ष श्याम साह, नेपाल तेली कल्याण समाज धनुषा का अध्यक्ष ललित कुमार साह , राम युवा कमिटी का अध्यक्ष सरोजकुमार साह, श्री चन साह, कृषि बैज्ञानिक राम बादल साह लगायत महानुभावहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम, भदौ १४ गते    जनकपुरधाम–१० स्थित देवीचोकमा श्री चित्रगुप्त सेवा समितिको आय..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ १३ गते नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक एवं पूर्वप्रधानमन्त्री माध..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..