मुख्यमन्त्री सिंह द्वारा कलैया प्रादेशिक अस्पतालकाे छड्के निरीक्षण

8 महीना पहिले प्रकाशित

 

जनकपुरधाम, २० बिहीबार ,भदाै । 

 

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले बिहीबारआज साँझ प्रादेशिक अस्पताल कलैयाकाे आकस्मिक निरीक्षण गरेका छन् ।

प्रदेशका विभिन्न प्रादेशिक अस्पतालहरूमा बिरामीकाे उपचारमा लापारबाही भइरहेकाे जन गुनासाेपछि मुख्यमन्त्री सिंहले केही दिनयता सरकार मातहतका अस्पतालमा छड्के निरीक्षण गर्न थालेका हुन् ।साेही क्रममा एउटा कार्यक्रममा सहभागी हुन वीरगन्ज पुगेका मुख्यमन्त्री सिंह बाराकाे कलैयास्थित प्रादेशिक अस्पतालमा छड्के अनुगमन गरेका छन् ।

छड्के अनुगमनक्रममा उनले बिरामीकाे उपचारमा हेलचेक्रयाइँ नगरी संवेदनशीलता अपनाउन चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीलाई निर्देशन दिए । उनले उपचारमा गरिने ढिलासुस्ती सह्य नहुने भन्दै प्रादेशिक अस्पतालहरूमा उपचार कार्यलाई व्यवस्थित एवम् प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेकाले त्यसअनुसार नै अस्पतालकर्मीकाे व्यवहार हुनुपर्ने बताए ।

मुख्यमन्त्री सिँहले स्वास्थ्याेपचारका लागि खटिने कार्य सामान्य जागिरमात्र नभएर सामाजिक उत्तरदायित्व पनि भएकाले नियमित र पूरा समय काम गर्न अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई निर्देशन दिए ।

मुख्यमन्त्री सिंहले अस्पतालका आकस्मिक कक्ष, अन्तरङ्ग कक्षलगायतका विभाग अनुगमन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज  जनकपुरधाम, बैशाख ६ –सनिवार  जनकपुरधामको ऐतिहासिक धार्मिक स्थल गङ्गासागरको पूर्वी डिलमा..

  मोनु गुप्ता  जनकपुरधाम, वैशाख ४ हिरो मोटरसाइकल कम्पनीले जनकपुरधाममा पहिलोपटक एक्सचेन्ज मेला सञ्चालनमा ल्य..

जनकपुरधाम, बैसाख २ गते  मधेश प्रदेशको राजधानी जनकपुरधाम स्थित पवित्र गंगासागर सरोवरमा आज मंगल बार बिहान जुडशित..

  इन्द्र भुषण यादव  जनकपुरधाम, बैशाख २ गते    मिथिलाञ्चलमा मंगलबार (आज) मंगल बार जुडशीतल पर्व मनाइँदै छ । मिथ..

  इन्द्र भुषण यादव  जनकपुरधाम, वैशाख १ धनुषा जिल्लामा भएको बेमौसमी वर्षा र हुरीका कारण पाकेको गहुँबालीमा व्या..