सशक्त महिला समृद्ध नेपाल सन्दर्भमा अन्तरक्रिया संचालन
4 महीना पहिले प्रकाशित
जनकपुर धाम ,भाद्र २०
मधेश प्रदेशका पत्रकारहरुसंग सशक्त महिला समृद्ध नेपाल(Empowered women prosperous Nepal) सन्दर्भमा जनकपुर धाम मिथला यात्री निवासमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपालमा महिलाई बोकासी प्रथा तथा वालविवाह जस्ता विभिन्न विकृतिहरुको विषयमा कसरी न्यूनीकरण गर्न सकिन्छन् सन्दर्भमा छलफल भएको छ ।सशक्त महिला समृद्ध नेपाल सन्दर्भमा अन्तरक्रिया कार्यक्रममा महिला केन्द्रित कार्यक्रममा महिला सहभागिता बढाउनु पर्नेमा जोड दिन राष्ट्रिय आवाजका पत्रकारले आग्रह गरेका थिए।
छलफल कार्यक्रममा पत्रकारहरुले हानिकारक अभ्यासको विषयहरुमा निरन्तर रुपमा कलम चलाएको कारण अहिले समाजमा नकारात्मक कुराहरूमा धेरै नै कमी आएका वक्ताहरुले बताएका थिए। आयोजक संस्थाका प्रतिनिधि संगिता यादवले मधेश प्रदेशमा महिलाको सहभागिता राजनीतिक कम रहेको बताए ।
कार्यक्रममा बोल्दै संयुक्त राष्ट्र संघीय जनसंख्या कोषका मधेश प्रदेश प्रमुख डा. नरेन्द्र मिश्रले पत्रकारहरुले यस विषयमा निरन्त कलम चलाउने काम गरेको बताउदे अभियान अन्तर्गत अझै शसक्त भएर कलम चलाउन आवश्यक भएको बताए । उनले सशक्त महिला, समृद्ध नेपाल कार्यक्रम, लैङ्गिक समानता, महिला सशक्तीकरण र समावेशीतालाई थप परिस्कृत गर्नका लागि नेपाल सरकार, युरोपेली संघ, र संयुक्त राष्ट्रसंघको संयुक्त पहल हो। यस कार्यक्रमले महिलाहरुको मानव अधिकारको अनुभूति गर्नमा सहयोग पुऱ्याउने ध्यय राखेको मिश्रले बताए। यस कार्यक्रमका क्रियाकलापहरू विशिष्ट रुपमा मधेश प्रदेश, कर्णाली र सुदरपश्चिम प्रदेशका ३२ वटा पालिकाहरुमा संचालित रहेका छन।कार्यक्रममा संयुक्त राष्ट्र संघका एजेन्सीका प्रतिनिधिहरुले आ आफनो मन्तव्य राखेका थिए।