रामजानकी युवा कमिटी द्वारा हर्षोल्लासपूर्वक गणेश चुतुर्थी मनाउँदै

2 वर्ष पहिले प्रकाशित

विक्रम साह 

जनकपुरधाम २३ भदौ । जनकपुरधामको पेठिया बजार स्थित गणेश मन्दिरमा हषोल्लास पूर्वक गणेश चतुर्थी मनाउँदै छ ।  

पेठिया बजार स्थित रामजानकी युवा कमिटीले पूजाकै लागि स्थापित गणेश मन्दिर तथा सोको वरिपरिलाई दुल्हिन झै श्रृगारिएको छ । 

मिथिलाको पूजापाठको आफ्नै विशेषता हुन्छ, गणेश भगवानको पूजा सबै ठाउँमा मनाइन्छ, तर यहाँ मिथिला संस्कृतिमा रही भव्यता पूर्वक गणेश भगवानको पूजापाठ एवं श्रृगारिने कार्य गरिएको कमिटीका अध्यक्ष धर्मेन्द्र साहले बताउनुभयो । उहाँले धनुषामै गणेश पूजा फरक किसिमले मनाउने उद्देश्यले मन्दिरको साजसज्जा सहित पूजापाठ गर्ने गरेको बताउनुहुन्छ । हरितालिका तीज व्रतालुहरुका लागि पनि छुट्टै व्यवस्था गरिएको थियो । धार्मिक साँस्कृतिक कार्यक्रमको समेत आयोजना भएकोले जनकपुर नगरी भरका श्रद्धालुहरु यहाँ गणेश पूजामा सहभागी हुने गरेको उहाँले दावी गर्नुभयो ।

पेठिया बजार स्थित गणेश मन्दिरको पूजापाठमा नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री एवं एमाले नेता रघुवीर महासेठ लगायत साँसद नेता तथा सामाजिक व्यक्तिहरु सहभागी हुने गरेको अध्यक्ष साहले बताउनुभयो । 

गणेश चुतर्थी पूजाका लागि कमिटीका पदाधिकारीहरु साताअघिदेखि अहोरात खटिरहेका छन् । मिथिलाको पहिचान सहित गणेश भगवानको पूजापाठमा सहभागीहरुका लागि कमिटीका अध्यक्ष साहले नगरवासीहरुलाई आग्रह समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  रेविता कुमारी राष्ट्रिय आवाज, जनकपुरधाम, असोज २८ गते   तथ्याङ्क सङ्कलन तथा व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थान..

    दीपक श्रेष्ठ मण्डल  राष्ट्रिय आवाज  जनकपुरधाम, असोज २६ गते जनकपुरधाम उपमहानगरपालिका–३ मा राष्ट्रिय à¤..

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..