रामजानकी युवा कमिटी द्वारा हर्षोल्लासपूर्वक गणेश चुतुर्थी मनाउँदै

1 वर्ष पहिले प्रकाशित

विक्रम साह 

जनकपुरधाम २३ भदौ । जनकपुरधामको पेठिया बजार स्थित गणेश मन्दिरमा हषोल्लास पूर्वक गणेश चतुर्थी मनाउँदै छ ।  

पेठिया बजार स्थित रामजानकी युवा कमिटीले पूजाकै लागि स्थापित गणेश मन्दिर तथा सोको वरिपरिलाई दुल्हिन झै श्रृगारिएको छ । 

मिथिलाको पूजापाठको आफ्नै विशेषता हुन्छ, गणेश भगवानको पूजा सबै ठाउँमा मनाइन्छ, तर यहाँ मिथिला संस्कृतिमा रही भव्यता पूर्वक गणेश भगवानको पूजापाठ एवं श्रृगारिने कार्य गरिएको कमिटीका अध्यक्ष धर्मेन्द्र साहले बताउनुभयो । उहाँले धनुषामै गणेश पूजा फरक किसिमले मनाउने उद्देश्यले मन्दिरको साजसज्जा सहित पूजापाठ गर्ने गरेको बताउनुहुन्छ । हरितालिका तीज व्रतालुहरुका लागि पनि छुट्टै व्यवस्था गरिएको थियो । धार्मिक साँस्कृतिक कार्यक्रमको समेत आयोजना भएकोले जनकपुर नगरी भरका श्रद्धालुहरु यहाँ गणेश पूजामा सहभागी हुने गरेको उहाँले दावी गर्नुभयो ।

पेठिया बजार स्थित गणेश मन्दिरको पूजापाठमा नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री एवं एमाले नेता रघुवीर महासेठ लगायत साँसद नेता तथा सामाजिक व्यक्तिहरु सहभागी हुने गरेको अध्यक्ष साहले बताउनुभयो । 

गणेश चुतर्थी पूजाका लागि कमिटीका पदाधिकारीहरु साताअघिदेखि अहोरात खटिरहेका छन् । मिथिलाको पहिचान सहित गणेश भगवानको पूजापाठमा सहभागीहरुका लागि कमिटीका अध्यक्ष साहले नगरवासीहरुलाई आग्रह समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज, जनकपुर धाम    ग्लोबल एक्सन नेपाल द्वारा धनुषाको लक्ष्मिनिया गाउँपालिका–सपहीमा सामाजिक ..

    राष्ट्रिय आवाज जनकपुर धाम,कार्तिक ११ गते    ‘स्वास्थ्य र सिर्जनशील युवाको लागि खेलकुद, खेलकुदका लागि ..

  राष्ट्रिय आवाज जनकपुरधाम, कार्तिक ११ गते जनकपुरधाम उपमहानगरपालिकामा कार्यरत भेटेरिनरी डाक्टर अमर कुमार साह..

राष्ट्रिय आवाज बर्दिवास, महोत्तरी ,कार्तिक १० गते नेपाल रेडक्रस सोसाइटी बर्दिवास उपशाखा अन्तर्गतको बर्दिवास रक..

  राष्ट्रिय आवाज      जनकपुरधाम, कार्तिक १० गते  जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको तेलहा पो..