दृष्टि विशेषज्ञहरु हरु द्वारा जनकपुरधाममा विरोध प्रदर्शन

1 वर्ष पहिले प्रकाशित

जनकपुर धाम, भाद्र २५ मंगल बार 

जनकपुरधाम । स्वास्थ्य संस्थाहरुमा विज्ञापन भर्न लगाएर परीक्षा नलिएको भन्दै दृष्टि विशेषज्ञहरुले मंगलबार जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन् । आँखाका डाक्टरहरुको मुख्य मागहरु यस प्रकार रहेका छन।

१. मधेश प्रदेश लोकसेवा आयोगद्वारा आ.व. २०८१/८२ को पदपूर्ति सम्बन्धी बार्षिक कार्यतालिकामा रा.प. प्रथम तथा द्वितीय श्रेणी प्राविधिक/अप्राविधिक अन्तर्गत अधिकृत सातौं / आठौं तहमा प्रादेशिक अस्पतालहरू तथा २५ देखि ५० सैया बेड सम्मको जेनेरल अस्पतालहरूमा optometrist (दृष्टि विषेशज्ञ) को समायोजन ।

 

२. आ.व. २०८०/८१ मा स्वास्थ्य निर्देशनालय सपही द्वारा सातौ तहमा प्रादेशिक अस्पतालहरू अन्तर्गत दर्ता शुल्क सहित ६ वटा दरबन्दी खुलाइएको तर लिखित परिक्षा लिई नतिजा समेत प्रकाशन हुन नसकेको अवस्था छ । उक्त दरबन्दी सिघ्र व्यवस्थापन ।

 

३. मधेश विज्ञान प्रतिष्ठान द्वारा दर्ता शुल्क लिई सातौ। तहमा खुलाइएको दरबन्दीको समेत अत्तोपत्तो नरहेको अवस्था छ । उक्त दरबन्दी सिघ्र व्यवस्थापन ।

नेपाल दृष्टि विशेषज्ञ संघ,मधेश प्रदेश

प्रादेशिक तथा जेनरल अस्पतालहरुमा दृष्टि विशेषज्ञको दरबन्दी कायम गर्नुपर्ने, स्वास्थ्य निर्देशनालयले परीक्षा लिएर पनि परिणाम सार्वजनिक नगरेको तथा प्रादेशिक अस्पतालले शुल्कसहित आवेदन लिएर परीक्षा नलिएको भन्दै उनीहरुले आज मंगलबार विरोध प्रदर्शन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  ईन्द्र भुषण यादब  जनकपुरधाम, पुस ६ गते    जनकपुरधाम काे प्रसिद्ध गोपाल सेवा समिति स्थित श्रीकृष्ण मन्दिर..

जीवनराज दाहाल  बर्दिवास, पौष ५ गते   बर्दिवास–१४ स्थित एकीकृत नमुना मुसहर बस्तीका बालबालिकाको शिक्षामा सहय..

    सन्तोष महतो जनकपुरधाम, पुस ५ गते (शनिबार) निरंकारी मण्डल जनकपुरधामको आयोजनामा आज शनिबार सामाजिक उत्तरदायि..

    राष्ट्रिय आवाज  जनकपुरधाम, पुस ४ गते  मिथिलाको सांस्कृतिक राजधानी जनकपुरधाम यतिबेला युवाहरूको उत्साह, ..

  राष्ट्रिय आवाज  जनकपुरधाम, ३ पुस जनकपुरधाममा आयोजना हुन लागेको नेपाल जेसीजको ५२ औँ राष्ट्रिय महाधिवेशनको स..