दृष्टि विशेषज्ञहरु हरु द्वारा जनकपुरधाममा विरोध प्रदर्शन

2 वर्ष पहिले प्रकाशित

जनकपुर धाम, भाद्र २५ मंगल बार 

जनकपुरधाम । स्वास्थ्य संस्थाहरुमा विज्ञापन भर्न लगाएर परीक्षा नलिएको भन्दै दृष्टि विशेषज्ञहरुले मंगलबार जनकपुरधाममा विरोध प्रदर्शन गरेका छन् । आँखाका डाक्टरहरुको मुख्य मागहरु यस प्रकार रहेका छन।

१. मधेश प्रदेश लोकसेवा आयोगद्वारा आ.व. २०८१/८२ को पदपूर्ति सम्बन्धी बार्षिक कार्यतालिकामा रा.प. प्रथम तथा द्वितीय श्रेणी प्राविधिक/अप्राविधिक अन्तर्गत अधिकृत सातौं / आठौं तहमा प्रादेशिक अस्पतालहरू तथा २५ देखि ५० सैया बेड सम्मको जेनेरल अस्पतालहरूमा optometrist (दृष्टि विषेशज्ञ) को समायोजन ।

 

२. आ.व. २०८०/८१ मा स्वास्थ्य निर्देशनालय सपही द्वारा सातौ तहमा प्रादेशिक अस्पतालहरू अन्तर्गत दर्ता शुल्क सहित ६ वटा दरबन्दी खुलाइएको तर लिखित परिक्षा लिई नतिजा समेत प्रकाशन हुन नसकेको अवस्था छ । उक्त दरबन्दी सिघ्र व्यवस्थापन ।

 

३. मधेश विज्ञान प्रतिष्ठान द्वारा दर्ता शुल्क लिई सातौ। तहमा खुलाइएको दरबन्दीको समेत अत्तोपत्तो नरहेको अवस्था छ । उक्त दरबन्दी सिघ्र व्यवस्थापन ।

नेपाल दृष्टि विशेषज्ञ संघ,मधेश प्रदेश

प्रादेशिक तथा जेनरल अस्पतालहरुमा दृष्टि विशेषज्ञको दरबन्दी कायम गर्नुपर्ने, स्वास्थ्य निर्देशनालयले परीक्षा लिएर पनि परिणाम सार्वजनिक नगरेको तथा प्रादेशिक अस्पतालले शुल्कसहित आवेदन लिएर परीक्षा नलिएको भन्दै उनीहरुले आज मंगलबार विरोध प्रदर्शन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  अर्जुन कुमार साह  जनकपुर धाम, चैत्र ६ गते  धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–६ सखुवामा मुसहर समुदा..

  दीपक श्रेष्ठ मंडल  जनकपुरधाम, चैत्र ६ गते रेन (RAIN) को आयोजनामा जनकपुरधाममा जलवायु परिवर्तनसम्बन्धी एक महत्वप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, चैत्र ६ गते जनकपुरधाम–२४ स्थित श्री गोग्ल प्रसाद नमूना माध्यमिक विद्यालयमा आ..

  राष्ट्रिय आवाज  चैत्र ५ गते  आजमगढ — सन्त निरंकारी मिशनको आयोजनामा निरंकारी यूथ फोरमअन्तर्गत यूथ सिम्पो..

  राष्ट्रिय आवाज  जनकपुरधाम, चैत्र ५ गते धनुषाको यदुकहा बजारमा गरिएको आकस्मिक बजार अनुगमनले उपभोक्ता माथि हु..