तामाकोशी गाउँपालिमा आज थप ३४ जना दोस्रो लहर नयाँ भेरियन्टको कोभिड १९ संक्रमित फेला

5 वर्ष पहिले प्रकाशित

 


दिपक बस्नेत



जेठ ४, तामाकोशी ।


तामाकोशी गाउँपालिमा आज थप ३४ जना दोस्रो लहर नयाँ भेरियन्टको कोभिड १९ संक्रमित थपिएका छन् ।
गाउँपालिका भित्र हाल सम्म २३५ जनाको परिक्षण गरिएकोमा १३८ जनामा संक्रमण भेटिएको तामाकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले जानकारी दिनु भयो । संक्रमित मध्ये ७ जना निको भएका छन् । पालिका भित्र महिला संक्रमितको संख्या ६२ रहेको छ भने पुरुष संक्रमितको संख्या ६९ रहेको जनाइएको छ । अहिले सम्म होम आइसोलेसनमा १२९ जना रहेका छन् ।
तामाकोशी गाउँपालिकाले अद्यावधिक गरेको विवरण अनुसार कोभिड अस्पतालमा भर्ना भएका दुई जना रहेका छन । पालिका भित्रको वडा नम्वर १ भिरकोटमा ४ जना, वडा नम्वर २ झुलेमा १३ जना, वडा नम्वर ३ जफेमा १२ जना, वडा नम्वर ४ मालूमा १० जना, वडा नम्वर ५ सहरेमा ६० जना, वडा नम्वर ६ च्याँमामा १९ जना, वडा नम्वर ७ हवामा २० जना रहेका छन् ।

पालिकाले जोखिमलाई मध्येनजर गर्दै पालिका भित्र ९५ बेडको क्वरेन्टीन सेन्टर स्थापना गरेको पालिकाले जनाएको छ । तामाकोशी गाउँपालिका भित्रको वडा नम्वर ३ जफेमा १५ बेड, वडा नम्वर ४ मालूमा १५ वेड, वडा नम्वर २ झुलेमा १५ वेड र अन्य वडामा १० र पालिका कार्यलय परिसरमा १० बेडको क्वरेन्टीन सेन्टर स्थपाना गरिएको छ । पालिकाले अन्य जिल्ला बाहिर र विदेशबाट आउने नागरिकको पिसिआर रिर्पोट नभएको खण्डमा अनिवार्य क्वरेन्टीनमा बस्नु पर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार ९ गते   जनकपुरधाम उपमहानगरपालिका–६ मा नेपाली उत्पादन जस्मिन पेन्ट..

मोनु गुप्ता  जनकपुरधाम, असार ८ गते  धनुषाको मिथिला बिहारी नगरपालिका को आर्थिक वर्ष २०८३/०८४ को १२ औँ नगरसभाको ..

राष्ट्रिय आवाज  जनकपुरधाम, असार ६ गते, शनिबार  व्याहुत सुडी सेवा समिति, जनकपुरधामको महाधिवेशन शनिबार सम्पन्न ..

दिपक श्रेष्ठ मण्डल धनुषाधाम, असार ५ गते धनुषाको धनुषाधाम नगरपालिकाको १८ औँ नगरसभा सम्पन्न भएको छ। नगरसभामा पूर्..

    दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार ६ गते    जनकपुरधामस्थित निर्माणाधीन रामजानकी बहुउद्देश्यीय अन्तर्..