वीरगञ्जमा युवा उद्यमी मञ्चको स्थापना, स्वरोजगार र उत्पादन प्रवर्द्धनमा जोड

3 महीना पहिले प्रकाशित

 

भाद्र ३१ सोमबार 

वीरगन्ज । नेपाल उद्योग परिसंघको युवा उद्यमी मञ्च मधेश प्रदेश च्याप्टरको गठन भएको छ। यस मञ्चको अध्यक्षतामा रजत बजाज चयन भएका छन्, जसमा अन्य पदाधिकारीहरूमा अननन्या रुंगटा (लर्निंग चेयर), दीपक साह (स्टार्ट अप चेयर), आयुषी तुल्स्यान (कम्युनिकेशन एण्ड नेटवर्क चेयर), मोहित खण्डेलवाल (फाइनान्स चेयर) र तनुश्री अग्रवाल (मेम्बरशिप चेयर) रहेका छन्। 

 

वीरगञ्जस्थित आदर्शनगरको होटल लर्डस दियालोमा आयोजित समारोहमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले च्याप्टरको उद्घाटन गरेका थिए।

 

मुख्यमन्त्री सिंहले कार्यक्रममा कृषि, उद्योग र जनशक्तिको सहयोगमा प्रदेशमा समृद्धि हाँसिल गर्न सकिने बताए। उनले नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले युवालाई स्वदेशमै स्वरोजगारको अवसर प्रदान गर्नमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। 

 

साथै, उनले युवाहरूलाई विदेश पलायन कम गर्न र स्वदेशमै सीपयुक्त बनाउँदै टिकाउन सरकारले मञ्चसँग सहकार्य गर्ने प्रतिबद्धता जनाए। सिंहले मधेश प्रदेशमा ‘मुख्यमन्त्रीसँग नीजि क्षेत्र’ नामक कार्यक्रमको तयारी अन्तिम चरणमा रहेको जानकारी पनि दिए।

 

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले परिसंघले सरकारलाई बजेट निर्माणदेखि नीतिगत सुझाव दिँदै आएको उल्लेख गर्दै, युवा र महिला उद्यमी मञ्चद्वारा उद्यमशीलताको विकासमा उल्लेखनीय योगदान भइरहेको बताए। उनले परिसंघले सञ्चालित ‘सीप नेपाल’ कार्यक्रमअन्तर्गत ४,३०० युवालाई विभिन्न सीप प्रदान गरेको जानकारी दिए।

 

मधेश प्रदेशका परिसंघ अध्यक्ष प्रमोद कुमार साहले युवा उद्यमीलाई एकीकृत गरी प्रदेशमा सीपयुक्त जनशक्ति उत्पादन गर्न यो मञ्च महत्त्वपूर्ण रहेको धारणा राखे। यसले विद्यमान बेरोजगारी समस्या समाधान गर्न नवाचारमार्फत उत्पादनशक्ति बढाउने योजना अघि सारेको बताए।

 

नवगठित मञ्चका अध्यक्ष रजत बजाजले कार्यक्रमको समापनमा मञ्चको लक्ष्य मधेश प्रदेशको उद्योग र व्यवसायमा उल्लेखनीय योगदान पुर्याउनु रहेको प्रतिबद्धता जनाए।

जनकपुरधाम, ७ पुस । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिँहले सीता बिना राम मात्र अधुरो नभएर रामायण नै अपूर्ण ह..

आइतबार, ०७ पुष २०८१ गते  जनकपुरमा संघीय हिन्दू गणतन्त्र स्थापनार्थ धर्ना कार्यक्रम सम्पन्न   संघीय हिन्दू गण..

  जनकपुर धाम  आज , पुस ५ गते शुक्रबार    जनकपुरधाम उपमहानगरपालिका वार्ड ८ का अध्यक्ष दिनेश कुमार सिंहले आजको..

  जनकपुर धाम, पुस ४ बिहीबार  स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन नेपाल, मधेस प्रदेशले प्रदेश तथा स्थानीय तहम..

इन्द्र भुषण यादव/ राष्ट्रिय आवाज  जनकपुरधाम, पुस ३ गते    धनुषामा विभिन्न समयमा तस्कर बाट नियन्त्रणमा लिएको ..