जनकपुरधाममा ४५ औं विश्व पर्यटन दिवस भव्यतापूर्वक सम्पन,कार्यक्रम संयोजनमा अम्भु प्रसाद साहको विषेश पहल

3 महीना पहिले प्रकाशित

जनकपुरधाम/असोज ११ गते शुक्रबार 

आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस मधेश प्रदेशका राजधानी जनकपुर धाममा पनि विभिन्न कार्यक्रम गरि मनाएका छन।

 'सियाको दर्शन बिना श्री रामको दर्शन अधुरो" र घुमौ मधेश, बुझौँ प्रदेश लगायतका विभिन्न नाराका साथ सप्ताहव्यापी कार्यक्रम गरी जनकपुरधाममा ४५ औं विश्व पर्यटन दिवस २०८१ मनाइएको छ ।

 

सात दिने सप्ताहव्यापी कार्यक्रमको आज सातौ तथा अन्तिम दिन कार्यक्रममा उद्योग बाणिज्य तथा पर्यटन मन्त्री माननीय मो सकिल अलि मियाको अध्यक्षता र जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कोषाध्यक्ष परमेश्वर साह,सुनैना आर्ट ग्यालरीका सुनैना ठाकुर र सोट्टो नेपालका बिरेन्द्र साह लगायतले मन्तव्य राखेका थिए भने न्यु भिजन नेपालका संयोजक अम्भु प्रसाद साहले कार्यक्रम संचालन गरेको थियो। जनकपुरधामका लोकप्रिय समाजसेवी अम्भु प्रसाद साहले जनकपुरधाम उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष पदको चुनावमा हार व्यहोरे पनि उनी समाजको उत्थानमा निरन्तर क्रियाशील छन्। पर्यटन प्रबर्द्धन, व्यापार व्यवसायको सम्बर्द्धन तथा समग्र क्षेत्रको विकासका लागि साहले संघबाट बाहिर रहेर पनि निरन्तर काम गरिरहेका छन्।

 

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन धार्मिक पदयात्रा गरि ५२ कुट्टी ७२ कुण्ड अवलोकन दर्शन कार्यक्रम गरिएको थियो। दोस्रो दिन मनिमण्डपमा सरसफाइ तथा वृक्षारोपण गरिएको थियो। त्यस्तै तेस्रो दिन पर्यटन प्रबद्र्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिएको थियो । चौथो दिन जनकपुरधामको नमस्कार चौकमा अतिथि सत्कार सम्बन्धि जनचेतना कार्यक्रम गरिएको थियो। पाचौ दिन स्थलमार्ग बाट आएका पर्यटकहरूलाई पगलाबाबा धर्मशाला र यात्री निवासमा गम्छा र माला लगाइ स्वागत सम्मान गरिएको थियो। छैठौ दिन हवाई मार्गबाट आएका १६० जना पर्यटकहरूलाई स्वागत सम्मान कार्यक्रम भव्यता साथ गरेका छन् । भने आज अन्तिम दिन वृहत् कला संस्कृति झल्किने प्रभातफेरि कार्यक्रमको आयोजना गरि ४५ औं विश्व पर्यटन दिवस २०८१ भव्यताको साथ सम्पन्न गरेका छ्न । यस सप्ताहव्यापी साहको योगदान विशेष रूपमा उल्लेखनीय रहेको छ, जसले जनकपुरधामको पर्यटनलाई नयाँ उचाइमा पुर्याउने उद्देश्य राख्छ। साहले जनकपुरधामको सांस्कृतिक धरोहर र ऐतिहासिक महत्वलाई विश्वसामु प्रस्तुत गर्न र स्थानीय समुदायको आम्दानीमा वृद्धि गर्नका लागि विभिन्न योजनाहरू अघि बढाइरहेका छन्। यसकै परिणाम स्वरूप, जनकपुरधाममा धेरै पर्यटकहरूको आगमन भएको छ, जसले स्थानीय व्यवसायमा सकारात्मक प्रभाव पारिरहेको छ। सामाजिक कार्यमा साहको प्रतिबद्धता र प्रयासले जनकपुरधामलाई एक नविन र समृद्ध स्थानको रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। जनकपुरधामको भविष्य उज्ज्वल बनाउन साहको योगदानलाई सर्वत्र प्रशंसा गरिएको छ।

 

आजको कार्यक्रमको संयोजन न्यु भिजन नेपाल,भिजिट जनकपुरधाम २०२४ अभियान र आयोजन उद्योग बाणिज्य तथा पर्यटन मन्त्रालय र पर्यटन विकास मन्त्रालय जनकपुरधाम गरेको थियो भने सह आयोजन जनकपुरधाम उपमहानगरपालिकाले गरेको थियो । जनकपुरधाम उद्योग बाणिज्य संघ,जनकपुरधाम टुर गाईड एसोसियन मधेस प्रदेशको,सोट्टो नेपाल र सुनैना आर्टले सहकार्य गरेको थियो। पर्यटकहरूको आगमनले स्थानीय पर्यटन व्यवसायलाई टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्। जनकपुरधामको धार्मिक र सांस्कृतिक महत्वका कारण यहाँको पर्यटनमा वृद्धि भइरहेको छ।

जनकपुरधाम, ७ पुस । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिँहले सीता बिना राम मात्र अधुरो नभएर रामायण नै अपूर्ण ह..

आइतबार, ०७ पुष २०८१ गते  जनकपुरमा संघीय हिन्दू गणतन्त्र स्थापनार्थ धर्ना कार्यक्रम सम्पन्न   संघीय हिन्दू गण..

  जनकपुर धाम  आज , पुस ५ गते शुक्रबार    जनकपुरधाम उपमहानगरपालिका वार्ड ८ का अध्यक्ष दिनेश कुमार सिंहले आजको..

  जनकपुर धाम, पुस ४ बिहीबार  स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन नेपाल, मधेस प्रदेशले प्रदेश तथा स्थानीय तहम..

इन्द्र भुषण यादव/ राष्ट्रिय आवाज  जनकपुरधाम, पुस ३ गते    धनुषामा विभिन्न समयमा तस्कर बाट नियन्त्रणमा लिएको ..