चूरे संरक्षण मानव जीवनको आधार - नेता यादब
3 महीना पहिले प्रकाशित
इन्द्र भुषण यादव
जनकपुर धाम, असोज १९
नेपाली कांग्रेस मधेश प्रदेशका सभापति तथा पुर्व मन्त्री कृष्णा यादवले चूरे संरक्षण मानव जीवनको आधार रहेको बताएका छन।नेपाल भारत खुल्ला सिमा संवाद समुहको आयोजनामा जनकपुरधाममा आयोजित ‘बाढ विपद आर और पार’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा आमन्त्रित यादबले चूरे पहाड बाहिर बाट जति हरियो सुन्दर देखिन्छन त्यस्तो चुरेको राम्रो अवस्था भित्री भागमा न भएको बताएका छन। चूरे संरक्षण मानव जीवन सँग प्रत्यक्ष जुडेको हुनाले संपूर्ण नागरिक समाजले संरक्षणका लागि जुट्नु पर्ने बताएका छन। केन्द्रिय सरकारले मधेस प्रदेशका विकासका लागि न्यूनतम बजेट विनियोजित गर्नेगरेको हुनाले सौतेला व्यवहार केन्द्रिय सरकारको रहेको नेता यादवले दुखेसो व्यक्त गरेका छन।
चुरेमा सुकुमवासी गरीब भन्दा हुकुमवासी धनिहरु समेत जंगल फडानी गरेर घर बनाएर त्यहाँका गिटट्टी बालुवा, काठ दाउरा तस्करी गरेहेको सवालमा मैले आवाज उठाउने गरेको छु, उनले भने, ‘म पार्टीमा पनि भन्ने गर्छु म पहिला मधेशी हुँ अनि पछि कांग्रेसी हुँ’ ।
नेपाल भारत खुल्ला सिमा संवाद समुहको आयोजनामा जनकपुरधाममा आयोजित ‘बाढ विपद आर और पार’ विषयक अन्तरक्रिया कार्यक्रमको प्रारम्भमा एक कार्यपत्र प्रस्तुत गर्दै समुहका केन्द्रिय अध्यक्ष राजिव झाले सन् २००८ मा कोशीको तटबन्ध फुट्दा हजारौँले ज्यान गुमाएको, नेपाल र भारतका ३० लाख मानिस प्रभावित भएको सहितका दृष्टान्त प्रस्तुत गरेका थिए।। हामी भाग्यमानी छौ कि हामी सङ्ग प्रयाप्त पानी बर्षायाममा हुन्छ तर दुर्भाग्य त्यसको सहि सदुपयोग गर्न नसक्दा यसले बिनास निम्त्याउने गरेको भन्दै तिनै तहका सरकारले पानीलाई वैज्ञानिक दृष्टिकोण बाट प्रयोग गर्न सके उर्वर भूमि तराई मधेस हमेसा हराभरा सुन्दर रहने बताएका थिए।
नेपाल भारत खुल्ला सिमा संवाद समुहको आयोजनामा जनकपुरधाममा आयोजित ‘बाढ विपद आर और पार’ विषयक अन्तरक्रिया कार्यक्रममा पत्रकार श्याम सुन्दर शशी, भारतिय कम्युनिस्ट पार्टी मालेको नेता भुषन सिंह, बाढि बिज्ञ रत्नेश्वर लाल कर्णले पनि बाढिको समस्या र समाधानका संदर्भमा प्रकाश पारेका थिए। कार्यक्रममा जनकपुधाम उपमहानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष दिपेन्द्र साह, शिक्षक सत्रुधन साह, नेता संजय सिंह, बिनोद ठाकुर, संतोष लाल कर्ण प्रा. डा बिरेन्द्र लाल कर्ण, प्राध्यापक इश्वर कान्त झाले आ आफनो मन्तव्य राखेका थिए ।