स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन द्वारा सरसफाइ कार्यक्रम

1 वर्ष पहिले प्रकाशित

 

विक्रम साह 

जनकपुर धाम, आशिन २२ मंगल बार 

 

स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन, नेपाल, मधेस प्रदेश कार्य समितिद्वारा जनकपुरधाम स्थित रहेको धार्मिक एतिहासिक गंगा सागर सरसफाइ कार्यक्रम आज बडा दशैं पञ्चमि तिथिका दिन आज बिहान आयोजन गरेका छन।

 

  सेभ द हिस्टोरिकल जनकपुरधाम गंगासागर सरसफाइ अभियन्ता प्रदेश सांसद राम आशिष यादबको प्रमुख आथित्यमा भएको कार्यक्रम लाई सम्बोधन गर्दै मधेस प्रदेशका घोषित राजधानी भाइ सकेको अवस्थामा अब हाम्रो सरसफाइ प्रती सामूहिक प्रतिवद्धताको आवश्यकता रहेको बताउँदै पर्यटकिय गन्तव्यका लागि हामीले हाम्रो गाउँ ठाउँ लाई सफा सुग्घर, हरियो नेपाल बनाउनमा मनै देखी समुहगत रुपमा सरसफाइमा दोड दिनुपर्ने कुरामा माननिय यादबले जोड दिएका थिए।

 

स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन, नेपाल, मधेस प्रदेश कार्य समितिद्वारा संगठनका केन्द्रिय सचिब तथा मधेश प्रदेश समितिका महासचिब सुरेश कुमार रोहिताले आफुहरुको कर्मचारी संगठन कुनै पनि राजनितिक दल संग आबद्ध नरहेको र सामाजिक उत्तदायित्व अन्तर्गत यस्ता समाजिक कार्यमा निरंतर लाग्ने प्रतिबद्धता ब्यक्त गरेका थिए।

 

सरसफाईमा सक्रिय रहेका आधा दर्जन कर्मचारीहरुलाई मनोबल बढाउँदै मधेश प्रदेश संगठनका अध्यक्ष तुला कृष्ण गोईतले दोसल्ला ओढाएर सम्मान गरेका थियो ।

 

पुर्व सभासद राम औतार पासवान, संगठनमा आबद्ध पदाधिकारी र जनकपुरधाम उप-महानगर पालिकाका सरसफाइ कर्मचारी समेतको उपस्तिथिमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ

। 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  ईन्द्र भुषण यादब  जनकपुरधाम, पुस ६ गते    जनकपुरधाम काे प्रसिद्ध गोपाल सेवा समिति स्थित श्रीकृष्ण मन्दिर..

जीवनराज दाहाल  बर्दिवास, पौष ५ गते   बर्दिवास–१४ स्थित एकीकृत नमुना मुसहर बस्तीका बालबालिकाको शिक्षामा सहय..

    सन्तोष महतो जनकपुरधाम, पुस ५ गते (शनिबार) निरंकारी मण्डल जनकपुरधामको आयोजनामा आज शनिबार सामाजिक उत्तरदायि..

    राष्ट्रिय आवाज  जनकपुरधाम, पुस ४ गते  मिथिलाको सांस्कृतिक राजधानी जनकपुरधाम यतिबेला युवाहरूको उत्साह, ..

  राष्ट्रिय आवाज  जनकपुरधाम, ३ पुस जनकपुरधाममा आयोजना हुन लागेको नेपाल जेसीजको ५२ औँ राष्ट्रिय महाधिवेशनको स..