नगराईन -१ वडा कार्यालय भवनको उद्घाटन

11 महीना पहिले प्रकाशित

इन्द्र भुषण यादव 

जनकपुर धाम, कार्तिक २ शुक्रबार 

 

धनुषा नगराईन न.पा वडा नं. १ हाँसपट्टीको वडा कार्यालय भवनको आज शुक्रबार विधिवत् पूजापाठ तथा एक कार्यक्रमको आयोजन गरी उद्घाटन गरिएको छ।

 

नगराईन नगरपालिकाका प्रमुख विनय कुमार यादव र उप नगर प्रमुख राधा देवी यादवले भवनको उद्घाटन गरेका हुन्। नगरप्रमुख यादवले 

नगरपालिका ९ वटा वडाहरु मिलेर बनेको छ | यस नगरपालिकाका समावेशी गा.वि.स.हरु : नगराईन, घोडघास, लगमा, देवडिहा र फुलगामा गा.वि.स.रहेको बताउँदै ‘वडा कार्यालय व्यवस्थित नभएसम्म वडा तहको कार्य सम्पादन व्यवस्थित हुन सक्दैन,’ नगरप्रमुख यादवले भने, ‘त्यसैले पूर्वाधार निर्माण प्राथमिकतामा पारेका हौं।’  

 

भवन निर्माण बाट यसले कर्मचारी र सेवाग्राही सबैलाई सहज हुने बताउँदै जनताको चाहना साधन श्रोत भन्दा धेरै रहेको हुनाले सक्दो जन चाहना लाई प्राथमिकतामा राखेर अगाडि बढ्ने बच्चन बढ्ता व्यक्त गरेका थिए।

 

नगराईन न.पा वडा नं. १, हाँसपट्टीका वार्ड अध्यक्ष सीताराम महतोको अध्यक्षतामा भएको कार्यक्रममा महतोले वडा कार्यालय भवन निर्माणका लागि विशेषत मेयर लगायत सहयोग र समन्वय गर्ने सबैलाई धन्यवाद दिएका थिए।

वडा कार्यालय भवनको उद्घाटन कार्यक्रममा विशिष्ट अतिथिमा राधा देवी यादव उप नगर प्रमुख ,विशिष्ट अतिथिमा राम गुलाम लाल कर्ण प्रमुख प्रशासकीय अधिकृत , राम परी देवी कार्यवाहक वडा अध्यक्ष २ 

,विशेष अतिथिमा पल्टु साह अध्यक्ष वडा नं ३,राज कुमार ठाकुर अध्यक्ष वडा नं ४ लगायतका उल्लेख सैकडौ जनताको सहभागितामा कार्यक्रम समापन भ

एका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज जनकपुर धाम,भदौ २१ गते   “शिक्षा बिना जीवन अपूर्ण हुन्छ।” यही विश्वासका साथ श्री हरि मानव क..

 ईन्द्र भुषण यादब/राष्ट्रिय आवाज  जनकपुरधाम, भदौ १९ गते  नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति धन..

  मोनु गुप्ता  जनकपुरधाम, भदौ १८ गते  जनकपुरधाम उद्योग वाणिज्य संघको आयोजनामा आगामी दशैँ–तिहार पर्वलाई लक..

  राष्ट्रिय आवाज  जनकपुरधाम, भदौ १६ गते सोमबार  स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन, नेपालको प्रथम वार्षि..

  मोनु गुप्ता  जनकपुरधाम भाद्र १४ गते मिथिला चित्रकलाको संरक्षण, प्रवर्द्धन तथा नयाँ पुस्तामा यसको ज्ञान र रु..