‘बेटीके साथमे मेयर’ कार्यक्रम अन्तरगत ७५ घर परिवारलाई मौलापुरकी मेयरले वितरण गरिन चेक

2 वर्ष पहिले प्रकाशित

मिश्री लाल मधुकर 

जनकपुरधाम, कार्तिक ७ बुधबार 

 

रौतहटको मौलापुर नगरपालिकामा ‘बेटी (छोरी) के साथ मेयर’ कार्यक्रम लोकप्रिय बन्दै गईरहेको छ । ‘बेटी (छोरी) के साथ मेयर’ कार्यक्रम मधेस प्रदेश, नेपालमा मात्र नभएर यसको चर्चा भारतको बिहार राज्यमा समेत हुने गरेको छ । मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहको पहलमा सुरु भएकोयो कार्यक्रमले मौलापुरको चौतर्फी चर्चा हुने गरेको छ । 

 

मौलापुर नगरपालिकाको कार्यालयमा आज आयोजित एक विशेष समारोह मार्फत ७५ घर परिवारलाई ‘बेटी (छोरी) के साथ मेयर’ कार्यक्रम अन्तरगत ३० हजार रुपैयाको चेक हस्तानान्तरण गरिएको छ । 

 

यो कार्यक्रम अन्तरगत कानून अनुसार विवाह गर्न उमेर पुगेका गरिब, असहाय छोरीको परिवारलाई विवाह गर्ने बेलामा ३० हजार आर्थिक सहयोग नगरपालिकाले गर्दै आएको छ । अहिलेसम्म हजारौं घरपरिवारले यो सेवा पाईसकेको मौलापुर नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जनाएका छन् । 

 

‘कानून अनुसार छोरीहरुको विवाह गर्ने समयमा नगरपालिकाले ३० हजार सहयोग गर्दै आएको छ । यस अघि पनि यो सेवा हजारौं परिवारले पाईसकेका छन् । बिभिन्न कारणले छुटहुन गएका परिवारलाई आज चेक हस्तानान्तरण गरिएको हो’ साहले बताए । 

 

छोरीको विवाहको बेलामा नै चेक पाउनुपर्ने तर निवेदन नदिएकाले ढिला हुन गएको र नगरपालिकाले बोलाएर नै ३० हजारको चेक दिएको मैना देवीले बताईन् । ‘सबैले पाउँछन्, मैले पनि पाए । छोरीको विवाहको बेला खर्च त बढी नै हुन्छ तर नगरपालिकाले कमसेकम यती सहयोग गर्नु, छोराछोरीको पढाई, परिवारको स्वास्थ्य लगायतका बिषयमा राम्रो काम गरेकाले हामी खुशी छौं’ मैना देवीले भनिन् । 

 

यस्तै चेक पाउने अर्को शुशिला देवीले मौलापुर नगरपालिकाको यस्तो काम धेरै नै राम्रो भएको बताईन् । ‘हुन त यो सानो रकम हो । तर हाम्रो लागि ठुलो हो । हामीलाई यति सहयोग गरेर माया, स्नेह राखिराख्ने मेयर रिना दिदिलाई म धन्यवाद भन्न चाहन्छु । उहाँले सधै यस्तै राम्रो काम गर्दै अगाडी बढुन हाम्रो साथसहयोग सधै नै रहन्छ’ शुशिला देवी चेक पाएपछि खुशीले गदगद हुँदै भनिन् । 

 

यस्तै अर्का सेवाग्राही धर्मेन्द्र यादवले समेत मेयर रिना साहको तारिफ गरे । ‘छोरीको विवाह होस् वा मालपोत कर, कुनै प्रकारको सिफारिस । हामीले कुनै पनि किसिमको कर तिर्नुपर्दैन नगरपालिकामा । फ्रि बिजुली, फ्रि पानी लगायतका कार्यक्रमले हामीले खुशी छौं । म त भन्छु यि कार्यक्रम अरु पालिकाका साथै मधेस प्रदेश सरकार र हाम्रो प्रधानमन्त्री केपी ओलीजीले पनि सिकेर देशैभरी लागु गर्नुपर्छ’ यादवले भने ।  

 

मौलापुर नगरपालिकाकी मेयर रिना साहको पहलमा ‘छोरीको साथमा मेयर’ कार्यक्रमका साथै ‘फ्री बिजुली, फ्री पानी’ लगायतका महत्वपूर्ण कार्यक्रम लागु भएको छ । मेयर साहकै पहलमा मौलापुर नगरपालिकामा मालपोत शुल्क, नागरिकत्ता सिफारिस, विवाह दर्ता, मृत्यु दर्ता लगायतका बिभिन्न सिफारिसहरुको समेत शुल्कहरु शुन्य बनाइएको छ । शुन्य शुल्कको नीति लिएको मौलापुरको यस्तो कामले सर्वसधारण खुशी व्यक्त गर्दै आएका छन् ।

 

मधेस प्रदेशकै एक र पहिलो महिला मेयर रिनाकुमारी साहको जनपक्षीय कामले अहिले चौतर्फी चर्चा भईरहेको छ । रौतहटको मौलापुरकी मेयर साहले जनताको पक्षमा गरेको बिभिन्न कामले उनी चर्चामा रहेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  रेविता कुमारी राष्ट्रिय आवाज, जनकपुरधाम, असोज २८ गते   तथ्याङ्क सङ्कलन तथा व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थान..

    दीपक श्रेष्ठ मण्डल  राष्ट्रिय आवाज  जनकपुरधाम, असोज २६ गते जनकपुरधाम उपमहानगरपालिका–३ मा राष्ट्रिय à¤..

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..