शिक्षा प्राप्त गर्न पाउनु बालबालिकाहरुको नैसर्गिक अधिकार हो - मेयर मनोज

1 वर्ष पहिले प्रकाशित

जनकपुर धाम,कार्तिक १२ गते सोमबार 

 

शिक्षा प्राप्त गर्न पाउनु सबै बालबालिकाहरुको नैसर्गिक अधिकार हो भन्दै जनकपुर धाममा रहेका सम्पूर्ण बला बालिका लाई शिक्षाको उज्यालो घाम सँग जोडन सक्दो प्रयास गर्ने जनकपुरधाम उप महानगरपालिका का मेयर मनोज कुमार साहले बताएका छन।

जनकपुरधाम–११ मा संचालित हनुमान सामुदायिक सिकाइ केन्द्रको सातौं 

साधारणसभालाई उद्घाटन गर्दै जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साहले बताएका हुन। कार्यक्रम लाई संबोधन गर्दै प्रमुख अतिथि साहले विद्यालय बाहिर रहेका बाल बालिका लाई शिक्षा सँग जोडन प्राथमिकताका साथमा प्रयासरत रहने प्रतिबद्धता व्यक्त गरेका थिए।

 

हनुमान सामुदायिक सिकाई केन्द्रका अध्यक्ष उषा साहको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख चेत कुमार पोखरेलले शिक्षा प्रदानमा गुणस्तर लाई ध्यानमा राखी कार्य गर्नु पर्ने कुरामा जोड दिएका थिए।

सो कार्यक्रममा महिला सामुदायिक सिकाई केन्द्र यदुकाहाका अध्यक्ष लालबाबु हाथी,श्री राजर्षि जनक मा वि पिडारी १३ का प्रधान अध्यापक विनोद कुमार साह लगायतकाले आ आफ्नो मन्तव्य व्यक्त गरेका

थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  ईन्द्र भुषण यादब  जनकपुरधाम, पुस ६ गते    जनकपुरधाम काे प्रसिद्ध गोपाल सेवा समिति स्थित श्रीकृष्ण मन्दिर..

जीवनराज दाहाल  बर्दिवास, पौष ५ गते   बर्दिवास–१४ स्थित एकीकृत नमुना मुसहर बस्तीका बालबालिकाको शिक्षामा सहय..

    सन्तोष महतो जनकपुरधाम, पुस ५ गते (शनिबार) निरंकारी मण्डल जनकपुरधामको आयोजनामा आज शनिबार सामाजिक उत्तरदायि..

    राष्ट्रिय आवाज  जनकपुरधाम, पुस ४ गते  मिथिलाको सांस्कृतिक राजधानी जनकपुरधाम यतिबेला युवाहरूको उत्साह, ..

  राष्ट्रिय आवाज  जनकपुरधाम, ३ पुस जनकपुरधाममा आयोजना हुन लागेको नेपाल जेसीजको ५२ औँ राष्ट्रिय महाधिवेशनको स..