अवकाश प्राप्त कर्मचारीहरु सम्मानित

2 वर्ष पहिले प्रकाशित

ओपि साह

जनकपुरधाम, १९ कात्तिक । महोत्तरीको लोहरपट्टी नगरपालिकाका अवकाश प्राप्त कर्मचारीहरुलाई एक समारोहबीच सम्मानित गरेको छ ।

कार्यरत कर्मचारीहरुको संगठनले हालसम्म सो पालिका बाट अवकाश प्राप्त भएका कर्मचारीहरुलाई फुलमाला, दोसल्ला तथा सम्मान पत्रबाट सम्मानित गरेकोछ । सम्मानित हुनेमा २७ जना अवकाश प्राप्त कर्मचारी हुनुहुन्छ ।

लोहरट्टी नगरपालिकाका सातौ तहका कर्मचारी ब्रजेश यादवको अध्यक्षतामा भएको शुभकामना तथा सम्मान कार्यक्रममा उपेन्द्र साह, नविन साह, विजय यादव, फुलगेन यादव, दिगम्बर झा, राम सोगारथ यादव लगायत २७ जना सम्मानित भएका छन् ।

शुभकामना तथा सम्मान कार्यक्रमा सहभागी वक्ताहरुले अवकाश प्राप्त कर्मचारीहरुबाट धेरै कुराहरु सिख्नुपर्ने भएकोले अगामी दिनमा उहाँहरुसँग सरसल्लाह गरी अगाडि बढ्न सबैमा आग्रह गरेका छन् । अवकाश प्राप्त कर्मचारीहरु धेरै अनुभवी हुनुहुन्छ, राष्ट्र सेवामा उहाँहरुको उदाहरणीय योगदान छ । उहाँहरु हामीहरुको प्रेरणाको रुपमा रहेको बताउनुभयो ।

कार्यक्रममा निरंजन साह, नरेश साह, सुनिल यादव, कमलेश साह लगायतका वक्ताहरुले आफ्ना विचार राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम, भदौ १४ गते    जनकपुरधाम–१० स्थित देवीचोकमा श्री चित्रगुप्त सेवा समितिको आय..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ १३ गते नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक एवं पूर्वप्रधानमन्त्री माध..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..