अवकाश प्राप्त कर्मचारीहरु सम्मानित

1 वर्ष पहिले प्रकाशित

ओपि साह

जनकपुरधाम, १९ कात्तिक । महोत्तरीको लोहरपट्टी नगरपालिकाका अवकाश प्राप्त कर्मचारीहरुलाई एक समारोहबीच सम्मानित गरेको छ ।

कार्यरत कर्मचारीहरुको संगठनले हालसम्म सो पालिका बाट अवकाश प्राप्त भएका कर्मचारीहरुलाई फुलमाला, दोसल्ला तथा सम्मान पत्रबाट सम्मानित गरेकोछ । सम्मानित हुनेमा २७ जना अवकाश प्राप्त कर्मचारी हुनुहुन्छ ।

लोहरट्टी नगरपालिकाका सातौ तहका कर्मचारी ब्रजेश यादवको अध्यक्षतामा भएको शुभकामना तथा सम्मान कार्यक्रममा उपेन्द्र साह, नविन साह, विजय यादव, फुलगेन यादव, दिगम्बर झा, राम सोगारथ यादव लगायत २७ जना सम्मानित भएका छन् ।

शुभकामना तथा सम्मान कार्यक्रमा सहभागी वक्ताहरुले अवकाश प्राप्त कर्मचारीहरुबाट धेरै कुराहरु सिख्नुपर्ने भएकोले अगामी दिनमा उहाँहरुसँग सरसल्लाह गरी अगाडि बढ्न सबैमा आग्रह गरेका छन् । अवकाश प्राप्त कर्मचारीहरु धेरै अनुभवी हुनुहुन्छ, राष्ट्र सेवामा उहाँहरुको उदाहरणीय योगदान छ । उहाँहरु हामीहरुको प्रेरणाको रुपमा रहेको बताउनुभयो ।

कार्यक्रममा निरंजन साह, नरेश साह, सुनिल यादव, कमलेश साह लगायतका वक्ताहरुले आफ्ना विचार राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  ईन्द्र भुषण यादब  जनकपुरधाम, पुस ६ गते    जनकपुरधाम काे प्रसिद्ध गोपाल सेवा समिति स्थित श्रीकृष्ण मन्दिर..

जीवनराज दाहाल  बर्दिवास, पौष ५ गते   बर्दिवास–१४ स्थित एकीकृत नमुना मुसहर बस्तीका बालबालिकाको शिक्षामा सहय..

    सन्तोष महतो जनकपुरधाम, पुस ५ गते (शनिबार) निरंकारी मण्डल जनकपुरधामको आयोजनामा आज शनिबार सामाजिक उत्तरदायि..

    राष्ट्रिय आवाज  जनकपुरधाम, पुस ४ गते  मिथिलाको सांस्कृतिक राजधानी जनकपुरधाम यतिबेला युवाहरूको उत्साह, ..

  राष्ट्रिय आवाज  जनकपुरधाम, ३ पुस जनकपुरधाममा आयोजना हुन लागेको नेपाल जेसीजको ५२ औँ राष्ट्रिय महाधिवेशनको स..