धनुषाधाममा चुनावी महासंग्राम

1 महीना पहिले प्रकाशित

मुकेश कुमार ठाकुर 

 

आगामी मंसिर १६ गते देशभर रिक्त रहेका स्थानीय तहका विभिन्न ४४ पदका लागि उपनिर्वाचन हुँदैछ । तर सबैको ध्यान धनुषाको धनुषाधाम नगरपालिकामा अडेको छ । धनुषाधामको उपचुनावलाई आफ्नो शक्ति परीक्षण गर्ने प्रतिष्ठा बनाएका दलहरुले उम्मेदवारी दर्ता गर्दासमेत शक्ति प्रर्दशन गरेका छन् । उम्मेदवारी दर्तासँगै धनुषाधामको चुनावी सरगर्मी ह्वात्तै बढेको छ । एक रिपोर्ट

 

यो दृश्य धनुषाधामस्थित निर्वाचन अधिकृतको कार्यालय परिसरको हो । राजावादीदेखि गणतन्त्रवादीसम्मै–शीर्ष राजनीतिक दल र वैकल्पिक शक्तिदेखि स्वतन्त्र उम्मेदवारसमेत बाजागाजा तथा नाराबाजीसहित बडो तामझामका साथ धनुषाधामस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगे ।

 

स्वतन्त्र उम्मेदवारहरु आफ्नो समर्थका साथ निवार्चन अधिकृतको कार्यालय पुग्दा राजनीतिक दलका उम्मेदवारहरु दलका केन्द्रीय नेता तथा पूर्वमन्त्रीसहित मनोनयनका लागि उपस्थित भएका थिए । उनीहरुले केन्द्रीय नेता र कार्यकर्ताहरुको बाक्लो उपस्थितिमा धनुषाधाम नगरपालिका वडा न.१ को वडाअध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । बाजागाजा र नाराबाजीसहित,धनुष मन्दिर धनुषाधामको परिक्रमा गर्दै निर्वाचन कार्यालय पुगेका उनीहरुले उम्मेदवारी दर्ता गराए।

 

 

शनिबार साँझ मात्र कांग्रेसकोतर्फबाट वडा अध्यक्ष पदको उम्मेदवार बनेका अशोक कुमार मण्डलले आइतबार राष्ट्रिय सभा सदस्य आनन्द प्रसाद ढुंगाना , मेयर बालेश्वर मण्डल,मेयर जित नारायण यादव सहित समर्थकहरुको दलबलसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

 

२०७९ को स्थानीय तह निर्वाचनमा धनुषाधाम नगरपालिकाको वडा न.१ मा निर्वाचित नेपाली कांग्रेसका विश्वनाथ यादवको क्यान्सर रोगका कारण निधन भएपछि हुन लागेको यो उपनिर्वाचन कांग्रेसका लागि शक्ति परीक्षण मात्र नभई आफ्नो विरासत जोगाउनै पर्ने दवावसमेत छ । पार्टी केन्द्रिय अनुशासन विभिन्न प्रमुख आनन्द प्रसाद ढुंगाना र मेयर बालेर मण्डल निकट भएकै कारण टिकट हत्याउन सफल मण्डल जित हात पार्नेमा ढुक्क छन् ।

 

केन्द्रीय सदस्यसमेत रहेका नेविसंघ केन्द्रिय सदस्य समेत रहेका अशोक कुमार मण्डललाई वडा अध्यक्षमा विजय गराउँदै आफ्नो पुरानो गढमा कमब्याक गर्ने रणनीति सत्तारुढ दल कांग्रेसको छ । हेभिवेट उम्मेदवारको रुपमा चर्चा भइरहेको नेकपा माओवादी केन्द्रका उम्मेदवार सुनिल कापर केवटले पूर्वमन्त्री एवम् सांसद जनार्दन शर्मा , पार्टीका मधेस इन्चार्ज लीलामणि पोखरेल ,दिपक यादव सहितका नेता र कार्यकर्ताहरुको उपस्थितिमा धनुषाधामको वडा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन् । त्यस्तै एमालेको तर्फबाट दोस्रोपटक उम्मेदवार बनाएका प्रमोद यादवलाई जिताउन मधेस प्रदेश अध्यक्ष,केन्द्रिय सदस्य सन्जीव कुमार झा,सीता यादव,जिल्ला अध्यक्ष राजकिशोर यादव,सन्जय यादव,योगकुमार यादव सहितका नेताकार्यकर्ता सहभागिता भएक थिए ।

 

 ।धनुषाधाम नगरपालिकाको वडा अध्यक्ष पद दलहरुका लागि उपचुनावको ईपिसेन्टर बनेको छ । मुख्यतः कांग्रेस, एमाले र माओवादी जसपाले यो चुनावलाई आफ्नो चुनावी प्रतिस्पर्धा मात्र नभई प्रतिष्ठाकै थलो बनाएका छन् । फलतः शीर्ष राजनीतिक दलहरु मात्र नभई राजतन्त्र र हिन्दुराज्यको मुख्य एजेन्डा बाकेर हिँडेका राजावादीदेखि संगठन नै नभएका साना दलहरुलेसमेत उम्मेदवार उठाएका छन् । राप्रपाले रामदेव सिंह दनुवारलाई उम्मेदवार बनाएको छ ।संसदको चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीले रामनरेश दास उम्मेदवार उठाउँदा जसपाले अरुण सदा,जनमतबाट कुशेश्वर मण्डल,नेकपा एसले गोपाली साह,राजापाले लक्ष्मिनिया देवी,राप्रपा नेपालले फौजदार सदा मुसहर र बहुजन एकता पार्टीले प्रमिला कुमारी सादालाई उम्मेदवार खडा गरेका छन् । उप निर्वाचनमा स्वतन्त्र उम्मेदवारको ओइरो नै लागेको छ । चुनाववारे उम्मेदवारहरुको आ–आफ्नै दाबी छ ।

 

यादव समुदायको बाहुल्य रहेको धनुषाधाममा ठुला राजनीतिक दलहरुले पनि यादव समुदायबाटै चुनावी प्रतिस्पर्धी मैदानमा उतारेका छन् । वडाअध्यक्ष लागि विभिन्न राजनीतिक दलसहित २१ जनाले उम्मेदवारी दिएका छन् । यसमा १२ जना राजनीतिक दल र ९ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । एकाध बाहेक कुनै न कुनै पार्टीमा आबद्ध भएका नेताहरु यसपटक स्वतन्त्र उम्मेदवार उठेको देखिन्छ ।

जनकपुरधाम, ७ पुस । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिँहले सीता बिना राम मात्र अधुरो नभएर रामायण नै अपूर्ण ह..

आइतबार, ०७ पुष २०८१ गते  जनकपुरमा संघीय हिन्दू गणतन्त्र स्थापनार्थ धर्ना कार्यक्रम सम्पन्न   संघीय हिन्दू गण..

  जनकपुर धाम  आज , पुस ५ गते शुक्रबार    जनकपुरधाम उपमहानगरपालिका वार्ड ८ का अध्यक्ष दिनेश कुमार सिंहले आजको..

  जनकपुर धाम, पुस ४ बिहीबार  स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन नेपाल, मधेस प्रदेशले प्रदेश तथा स्थानीय तहम..

इन्द्र भुषण यादव/ राष्ट्रिय आवाज  जनकपुरधाम, पुस ३ गते    धनुषामा विभिन्न समयमा तस्कर बाट नियन्त्रणमा लिएको ..