लक्ष्मीनिया गाउँपालिकामा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान सम्पन्न

21 दिन पहिले प्रकाशित

धिरेश दत्त 

जनकपुर धाम,मंसिर १७ सोमबार 

 

लक्ष्मीनिया गाउँपालिकाको बी.पी. कोईराला माध्यमिक विद्यालय सपही धनुषामा दलान नेपाल द्वारा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान सम्पन्न भएको छ ।यस कार्यक्रमले बालबालिका, शिक्षक र समुदायका सदस्यहरूमा लैङ्गिक हिंसाबारे सचेतना फैलाउन योगदान पुर्‍याएको छ ।

कार्यक्रमको विषयवस्तु ‘असल छुवाई र खराब छुवाई’ को अवधारणामा आधारित कक्षा ६, ७ र ८ का बालवालिका, शिक्षक र शिक्षिकाहरुको सक्रिय सहभागिता रहेको थियो । यसले बालबालिकाहरूलाई आफ्नो सुरक्षा सुनिश्चित गर्न र लैङ्गिक हिंसाबारे सचेत रहन प्रेरित ग‍रेको थियो । कार्यक्रमको पहिलो चरणमा दलान नेपालका प्रतिनिधिले ‘असल छुवाई र खराब छुवाई’ को अवधारणाबारे जानकारीमूलक प्रस्तुतीकरण गरेका थिए । बालबालिकाहरूलाई कसरी सकारात्मक र नकारात्मक स्पर्शलाई पहिचान गर्ने र त्यसको प्रभावबारे जानकारी समेत दिइएको थियो । कार्यक्रमको अर्को चरणमा भिडियो प्रस्तुतीकरण गरियो । यसले बालबालिकाहरूलाई दृष्टान्तका माध्यमबाट सन्देश प्रभावकारी रूपमा बुझ्न सहायता ग‍रेको थियो । बालबालिकाहरूलाई आफ्ना जिज्ञासाहरू राख्ने अवसर प्रदान गर्नुका साथै प्रशिक्षकहरूले प्रश्नहरूको उत्तर दिँदै बालबालिकाहरूलाई सुरक्षित रहनका उपायहरूबारे जानकारी दिएका थिए । कार्यक्रमको अन्त्यमा सहभागीहरूलाई विभिन्न सचेतनामूलक सामग्री वितरण गरियो । यसले विद्यार्थीहरूलाई जानकारीमूलक स्रोतहरू प्रदान ग‍रेका थिए ।

यो अभियान दलान नेपालको दीर्घकालीन परियोजनाको एक भाग हो, जसले एकल महिला, महिला र विधवाहरूलाई सशक्त बनाउँदै स्थानीय शासन र निर्णय प्रक्रियामा उनीहरूको सहभागिता सुनिश्चित गर्ने लक्ष्य राखेको छ । परियोजनाले समुदायमा समावेशी शासन र महिला अधिकारका मुद्दाहरूलाई प्राथमिकता दिएको छ । कार्यक्रमले बालबालिकाहरूमा मात्र नभई शिक्षकहरू र समुदायका अन्य सदस्यहरूमा पनि सकारात्मक प्रभाव पार्ने छ दलान नेपालका परियोजना सँयोजक दिलिप कुमार ईश्वरले बताउनु भयो ।

 

कार्यक्रमबाट विद्यार्थीहरूले लैङ्गिक हिंसाबारे समझदारी र सुरक्षित उपायहरूबारे ज्ञान प्राप्त गर्नुका साथै शिक्षकहरूले बालबालिकाहरूलाई लैङ्गिक समानता र सुरक्षा शिक्षा दिन थप सशक्त महसुस गरेका थिए । त्यसैगरी बालबालिकाहरूले कार्यक्रमको सन्देश समुदायमा प्रवाह गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्नेमा दलान नेपालका कार्यकारी निर्देशक धर्मानन्द ठाकुरको बिश्वास रहेको बताउनु हुन्छ । कार्यक्रममा सहभागी भएका विद्यार्थीहरूले यो कार्यक्रमबाट महत्त्वपूर्ण शिक्षा प्राप्त गरेको बताए, एक छात्राले भनिन, मलाई ‘असल छुवाई र खराब छुवाई’े बीचको भिन्नता थाहा थिएन । यो कार्यक्रमले मलाई आफ्नो सुरक्षा र अधिकारबारे सोच्न प्रेरित गरेको छ । त्यस्तै, ूबालबालिकाहरूलाई यस्ता विषयबारे शिक्षित गर्न जरुरी छ । यो कार्यक्रमले शिक्षक र विद्यार्थी दुवैलाई लाभ पुर्‍याएको छ, एक शिक्षकले भने, 

दलान नेपालले यस्ता कार्यक्रमलाई भविष्यमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै यस कार्यक्रले केवल बालबालिकाको सुरक्षा र लैङ्गिक समानताका लागि मात्र नभई समुदायमा जिम्मेवार नागरिक तयार पार्न पनि सहयोग गर्नेछ बताउनु भयो । १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानले लक्ष्मीनिया गाउँपालिकामा बालबालिकाहरू, शिक्षकहरू, र समुदायमा जागरूकता फैलाउन महत्वपूर्ण भूमिका खेलेको छ । यसले बालबालिकाहरूको सुरक्षाका लागि ठोस आधार निर्माण गरेको छ दलान नेपालका कार्यकारी निर्देशक ठाकुरले बताए । यो कार्यक्रमले दलान नेपालको उद्देश्य—महिला सशक्तीकरण, समावेशी शासनको प्रवद्र्धन, र समुदायमा सकारात्मक परिवर्तन—लाई थप सुदृढ बनाउन सहयोग पुरयाएको छ । यस अभियानले समुदायमा दीर्घकालीन प्रभाव पार्ने विश्वास समेत गरिएको छ ।

दलान नेपालले यूएसएआईडी, सिभिल सोसाइटी मिडिया, र द एशिया फाउन्डेसनको सहयोगमा सञ्चालन गरिरहेको एकल महिलाको सामाजिक अधिकारका लागि समावेशी शासन परियोजनामा यो अभियानले थप उर्जा प्रदान गर्न सक्ने बिश्वासका साथ परियोजना लक्ष्मीनिया गाउँपालिकाका सातै वडामा लागू गरिएको छ, जसको मुख्य उद्देश्य एकल महिला, महिला र विधवाहरूलाई स्थानीय शासन र निर्णय प्रक्रियामा सहभागी गराई उनीहरूको आवाजलाई सशक्त बनाउनु रहेको दलान नेपालका कार्यकारी निर्देशक धर्मानन्द ठाकुरले बताए ।

जनकपुरधाम, ७ पुस । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिँहले सीता बिना राम मात्र अधुरो नभएर रामायण नै अपूर्ण ह..

आइतबार, ०७ पुष २०८१ गते  जनकपुरमा संघीय हिन्दू गणतन्त्र स्थापनार्थ धर्ना कार्यक्रम सम्पन्न   संघीय हिन्दू गण..

  जनकपुर धाम  आज , पुस ५ गते शुक्रबार    जनकपुरधाम उपमहानगरपालिका वार्ड ८ का अध्यक्ष दिनेश कुमार सिंहले आजको..

  जनकपुर धाम, पुस ४ बिहीबार  स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन नेपाल, मधेस प्रदेशले प्रदेश तथा स्थानीय तहम..

इन्द्र भुषण यादव/ राष्ट्रिय आवाज  जनकपुरधाम, पुस ३ गते    धनुषामा विभिन्न समयमा तस्कर बाट नियन्त्रणमा लिएको ..