भ्रष्टाचार गर्नेलाई आजीवन कारावासको व्यवस्था हुनुपर्ने _ मुख्यमन्त्री सिंह

2 वर्ष पहिले प्रकाशित

जनकपुरधाम पुस १ सोमबार 

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले भ्रष्टाचार गर्ने लार्ई आजीवन कारावासको व्यवस्था हुनुपर्ने बताएका छन।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज सोमवार जनकपुरधाम महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा ‘भ्रष्टाचार नियन्त्रण र सुशासन’ विषयक प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले यस्तो सुझाव दिएका हुन्।उनले भ्रष्टाचार गर्नेलाई ५ वर्षदेखि १० वर्षसम्मको सजायलाई बढाएर आजीवन कारावासको व्यवस्था गर्नुपर्ने बताए।

 

उनले भ्रष्टाचार नियन्त्रणका लागि अहिलेको कानून पर्याप्त नरहेको उल्लेख गर्दै राजनीतिक क्षेत्र तथा कर्मचारी सेवामा प्रवेश गरेको केही वर्षमा नै जीवनशैलीमा धेरै परिवर्तन आउनु र विलासी जीवनशैली जिउन पाउँदा भ्रष्टाचारले प्रश्रय पाइरहेको बताए। त्यस्ता व्यक्तिमाथि कडा कारबाही गर्न पनि उनले सुझाव दिए।

 

मुख्यमन्त्री सिंहले कर्मचारीको थोरै तलब भएकाले पनि जीवन धान्नका लागि भ्रष्टाचार गर्ने गरेको सबैमा जानकारी रहेको बताउँदै कर्मचारीको जीवनयापन गर्ने किसिमले तलव वृद्धि गरेर भ्रष्टाचार गर्नेमाथि कडा सजायको व्यवस्था भए भ्रष्टाचारमा स्वतः कमी आउने दावी पनि गरे।

 

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले बेनामी उजुरीको विरोध गर्नेले मुलुकमा सुशासन नचाहेको बताउँदै बेनामी उजुरु नपरेको खण्डमा मुलुकमा थप भ्रष्टाचार बढ्ने दावी गरे।

 

उक्त कार्यक्रममा मधेश प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री सरोजकुमार यादव,शिक्षा तथा संस्कृति मन्त्री रानी कुमारी तिवारी ,गृह ,संचार तथा कानून मन्त्री राजकुमार लेखी,स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंह,अर्थ मन्त्री सुनिलकुमार यादव,उर्जा,सिचाई तथा खानेपानी मन्त्री शेषनारायण यादव,उद्योग ,वाणिज्य तथा पर्यटन मन्त्री सकिल अलि मियाँ र श्रम तथा यातायात मन्त्री कौशल किशोर रायको समेत उपस्थिति रहेको थियो।

 

त्यसैगरी जिल्ला प्रशासन कार्यालय धनुषा प्रमुख जिल्ला अधिकारी रामु राज कडरीया,जिल्ला समन्वय समिति धनुषाका प्रमुख ,जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहसहित स्थानीय तहका प्रमुख र उप प्रमुखहरुको सहभागितामा उक्त कार्यक्रम भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..