मानव अधिकार विश्वव्यापी अद्यावधिक समीक्षा कार्यक्रम सम्पन्न

2 वर्ष पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुरधाम, २ पुस, मंगल बार

 गैर सरकारी संस्था अनौपचारिक सेवा केन्द्र (इन्सेक)द्वारा एक दिवसीय मानव अधिकार विश्वव्यापी अद्यावधिक समीक्षा कार्यक्रम सोमवार जनकपुरधाममा सम्पन्न भएको छ ।

इन्सेक मधेश प्रदेश संयोजक राजु पासमानको अध्यक्षतामा भएको सो कार्यक्रममा इन्सेक केन्द्रिय कार्यालयको मानव अधिकार तथा बहस पैरवी कार्यक्रम प्रमुख सम्झा श्रेष्ठले नेपालमा मानव अधिकारको अवस्था तथा मानव अधिकार अन्तर्राष्ट्रिय महासन्धी बारेमा डिजिटल प्रस्तुती गरेकी छन् । उहाँले मानव अधिकारको चौथौ विश्वव्यापी आद्यावधि समीक्षाको बारेमा संकलन गर्नुपर्ने मुद्दाहरु माथि सुझाव संकलन पनि गरेकी छन् ।

विश्वव्यापी अद्यावधि समीक्षा कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष बुध नारायण सहनीले द्वन्दकाल देखि हालसम्मको मानव अधिकारको अवस्था बारेमा प्रकाश पार्दै यहाँबाट उठेका प्रश्नहरुको सम्बोधन प्रति प्रतिबद्धता समेत जनाएका छन् ।

कार्यक्रममा मिडिया काउन्सिल मधेश प्रदेशका कार्यवाहक अध्यक्ष कैलास दासले द्वन्दकाल देखि हालसम्म मानव अधिकार उल्लंघनको घटनामा न्यूनिकरण हुनुपर्नेमा झण्डै बढ्दै गएको प्रति चिन्ता व्यक्त गरेका छन् । उहाँले मानव अधिकार उल्लंघन घटनाप्रति राज्य गम्भीर हुनुपर्नेमा जोड दिदै अन्तर्राष्ट्रिय महासंन्धीको ९ बुँदे पालना गर्न सबैमा आग्रह गरेका छन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य राजेश कुमार कर्ण सहितका व्यक्तिहरुले आफ्ना विचार राखेका छन् । त्यसैगरी मानव अधिकार क्षेत्र लगायतको क्षेत्रमा कार्य गर्दै आएका प्रतिनिधिहरुले छ वटा समूहमा विभाजित भई लिखित रुपमा आफ्ना विचार प्रस्तुत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम, भदौ १४ गते    जनकपुरधाम–१० स्थित देवीचोकमा श्री चित्रगुप्त सेवा समितिको आय..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ १३ गते नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक एवं पूर्वप्रधानमन्त्री माध..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..