मधेश प्याब्सनको ९ औं वार्षिकोत्सव कार्यक्रम सम्पन

2 वर्ष पहिले प्रकाशित

 

जनकपुरधाम पुस १३ गते शनिबार 

मधेश प्याब्सनको ९ औं वार्षिकोत्सव मनाइएको छ । जनकपुरधाममा आज शनिबार आयोजित एक कार्यक्रमका बीच मधेश प्याब्सनको वार्षिकोत्सव मनाइएको हो । मधेशलाई केन्द्र बनाएर गठन गरिएको निजी तथा आवासिय विद्यालय एशोसिएशन, नेपालको वार्षिकोत्सवमा जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले शिक्षा क्षेत्रलाई व्यवस्थित गर्दै अघि बढनपर्नेमा जोड दिए । मधेश प्याब्सनमा आवद्ध निजी विद्यालयहरुले मापदण्ड पूरा गरेर व्यवस्थित तरिकाले अघि बढ्नुपर्ने धारणा उनको थियो ।

 

मधेश प्याब्सनका केन्द्रीय अध्यक्ष अमरेन्द्र कुमार झाको अध्यक्षतामा भएको वार्षिकोत्सव कार्यक्रममा नगर प्रमुख साहले गुणस्तरीय शिक्षालाई मुल मन्त्र बनाएर अघि बढनुपर्ने बताए । नगरमा संचालनमा रहेका निजी विद्यालयहरु कानूनी प्रक्रिया पूरा गरेर संचालन गर्नुपर्नेमा जोड दिदै यसमा पालिकाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाए ।

 

सो अवसरमा जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख धीरेन्द्रलाल कर्णले शिक्षा क्षेत्रको बेथिति हटाउन सबैको सामूहिक प्रयास आवश्यक रहेको बताए । जनकपुरधाम लाई शिक्षाको हब बनाउने जिम्मेवारी विद्यालय संचालकको काँधमा रहेकाले यसलाई आत्मसाथ गरेर अघि बढ्न उनले आग्रह गरे । कानूनी प्रक्रिया पूरा गरेर अघि बढ्नुपर्नेमा जोड दिदै कर्णले बालबालिकाको भविष्य बाट खेलवाड गर्ने छुट कसैलाई नरहेकाले यसतर्फ गंभीर हुन सबैलाई आग्रह गरे ।

 

प्याब्सनका मधेश प्रदेश सचिव विश्वलाल सिंहले निजी विद्यालयले आफ्नो स्तरबाट शिक्षा क्षेत्रमा सुधारका लागि प्रयासरत्त रहेको बताए । ऐन कानून सम्बन्धी जटिलताले निजी विद्यालय संचालकहरुलाई पिरोलेको अनुभव सुनाउँदै प्रक्रिया पूरा गर्दा स्थानीय सरकारलाई सहयोगको लागि आग्रह गरे ।

 

सो अवसरमा सिद्धार्थ शिशु सदनका प्रिन्सिपल राजु यादवले जनकपुरधामका निजी विद्यालयले उत्पादन गरेको जनशक्ति एशियादेखि युरोपसम्म नाम र दाम कमाइरहेको बताए । जनकपुरधाम शिक्षामा कहिल्यै पछाडि नरहेको दावी गर्दै यादवले यहाँको शिक्षा सदैव स्तरीय रहेको बताए । निजी विद्यालयको स्तरवृद्धि, कानूनी प्रक्रिया पूरा गर्न स्थानीय सरकारले सहयोग गर्नुपर्ने धारणा उनको थियो । बालबालिकाको भविष्यलाई लिएर १८ घण्टासम्म खट्दा पनि आलोचना हुँदा मन खिन्न हुने गरेको अनुभव सुनाउँदै आफूहरुले पनि शिक्षा क्षेत्रलाई अगाडि बढाएको बताए । आफूहरुले शिक्षा क्षेत्रलाई कमजोर हुन नदिएको सुनाउँदै यादवले जनकपुरधामको व्यवसायमा पनि निजी विद्यालयले प्रभाव पारेको बताए ।

 

विद्यालय बन्द हुँदा बजारमा चहलपहल त्यति हुँदैन, उनले भने–विद्यालय खुला हुँदा बजारमा पनि भिडभाड हुन्छ ।

 

शुभकामना मन्तव्य राख्दै एमाले नेतृ चाँदनी झाले निजी विद्यालयहरुले शिक्षालाई व्यवसायिक नबनाई सेवामूलक बनाउनुपर्नेमा जोड दिइन् । जनकपुरधामका निजी विद्यालयहरुले विभिन्न नाउँमा शुल्क लिदा अभिभावक आजित भएको सुनाउँदै यसमा पनि ध्यान दिन जरुरी रहेको उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम, भदौ १४ गते    जनकपुरधाम–१० स्थित देवीचोकमा श्री चित्रगुप्त सेवा समितिको आय..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ १३ गते नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक एवं पूर्वप्रधानमन्त्री माध..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..