मधेश प्याब्सनको ९ औं वार्षिकोत्सव कार्यक्रम सम्पन

12 महीना पहिले प्रकाशित

 

जनकपुरधाम पुस १३ गते शनिबार 

मधेश प्याब्सनको ९ औं वार्षिकोत्सव मनाइएको छ । जनकपुरधाममा आज शनिबार आयोजित एक कार्यक्रमका बीच मधेश प्याब्सनको वार्षिकोत्सव मनाइएको हो । मधेशलाई केन्द्र बनाएर गठन गरिएको निजी तथा आवासिय विद्यालय एशोसिएशन, नेपालको वार्षिकोत्सवमा जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले शिक्षा क्षेत्रलाई व्यवस्थित गर्दै अघि बढनपर्नेमा जोड दिए । मधेश प्याब्सनमा आवद्ध निजी विद्यालयहरुले मापदण्ड पूरा गरेर व्यवस्थित तरिकाले अघि बढ्नुपर्ने धारणा उनको थियो ।

 

मधेश प्याब्सनका केन्द्रीय अध्यक्ष अमरेन्द्र कुमार झाको अध्यक्षतामा भएको वार्षिकोत्सव कार्यक्रममा नगर प्रमुख साहले गुणस्तरीय शिक्षालाई मुल मन्त्र बनाएर अघि बढनुपर्ने बताए । नगरमा संचालनमा रहेका निजी विद्यालयहरु कानूनी प्रक्रिया पूरा गरेर संचालन गर्नुपर्नेमा जोड दिदै यसमा पालिकाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाए ।

 

सो अवसरमा जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख धीरेन्द्रलाल कर्णले शिक्षा क्षेत्रको बेथिति हटाउन सबैको सामूहिक प्रयास आवश्यक रहेको बताए । जनकपुरधाम लाई शिक्षाको हब बनाउने जिम्मेवारी विद्यालय संचालकको काँधमा रहेकाले यसलाई आत्मसाथ गरेर अघि बढ्न उनले आग्रह गरे । कानूनी प्रक्रिया पूरा गरेर अघि बढ्नुपर्नेमा जोड दिदै कर्णले बालबालिकाको भविष्य बाट खेलवाड गर्ने छुट कसैलाई नरहेकाले यसतर्फ गंभीर हुन सबैलाई आग्रह गरे ।

 

प्याब्सनका मधेश प्रदेश सचिव विश्वलाल सिंहले निजी विद्यालयले आफ्नो स्तरबाट शिक्षा क्षेत्रमा सुधारका लागि प्रयासरत्त रहेको बताए । ऐन कानून सम्बन्धी जटिलताले निजी विद्यालय संचालकहरुलाई पिरोलेको अनुभव सुनाउँदै प्रक्रिया पूरा गर्दा स्थानीय सरकारलाई सहयोगको लागि आग्रह गरे ।

 

सो अवसरमा सिद्धार्थ शिशु सदनका प्रिन्सिपल राजु यादवले जनकपुरधामका निजी विद्यालयले उत्पादन गरेको जनशक्ति एशियादेखि युरोपसम्म नाम र दाम कमाइरहेको बताए । जनकपुरधाम शिक्षामा कहिल्यै पछाडि नरहेको दावी गर्दै यादवले यहाँको शिक्षा सदैव स्तरीय रहेको बताए । निजी विद्यालयको स्तरवृद्धि, कानूनी प्रक्रिया पूरा गर्न स्थानीय सरकारले सहयोग गर्नुपर्ने धारणा उनको थियो । बालबालिकाको भविष्यलाई लिएर १८ घण्टासम्म खट्दा पनि आलोचना हुँदा मन खिन्न हुने गरेको अनुभव सुनाउँदै आफूहरुले पनि शिक्षा क्षेत्रलाई अगाडि बढाएको बताए । आफूहरुले शिक्षा क्षेत्रलाई कमजोर हुन नदिएको सुनाउँदै यादवले जनकपुरधामको व्यवसायमा पनि निजी विद्यालयले प्रभाव पारेको बताए ।

 

विद्यालय बन्द हुँदा बजारमा चहलपहल त्यति हुँदैन, उनले भने–विद्यालय खुला हुँदा बजारमा पनि भिडभाड हुन्छ ।

 

शुभकामना मन्तव्य राख्दै एमाले नेतृ चाँदनी झाले निजी विद्यालयहरुले शिक्षालाई व्यवसायिक नबनाई सेवामूलक बनाउनुपर्नेमा जोड दिइन् । जनकपुरधामका निजी विद्यालयहरुले विभिन्न नाउँमा शुल्क लिदा अभिभावक आजित भएको सुनाउँदै यसमा पनि ध्यान दिन जरुरी रहेको उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  ईन्द्र भुषण यादब  जनकपुरधाम, पुस ६ गते    जनकपुरधाम काे प्रसिद्ध गोपाल सेवा समिति स्थित श्रीकृष्ण मन्दिर..

जीवनराज दाहाल  बर्दिवास, पौष ५ गते   बर्दिवास–१४ स्थित एकीकृत नमुना मुसहर बस्तीका बालबालिकाको शिक्षामा सहय..

    सन्तोष महतो जनकपुरधाम, पुस ५ गते (शनिबार) निरंकारी मण्डल जनकपुरधामको आयोजनामा आज शनिबार सामाजिक उत्तरदायि..

    राष्ट्रिय आवाज  जनकपुरधाम, पुस ४ गते  मिथिलाको सांस्कृतिक राजधानी जनकपुरधाम यतिबेला युवाहरूको उत्साह, ..

  राष्ट्रिय आवाज  जनकपुरधाम, ३ पुस जनकपुरधाममा आयोजना हुन लागेको नेपाल जेसीजको ५२ औँ राष्ट्रिय महाधिवेशनको स..