आधारभूत तहको शिक्षामा राज्यको लगानी वृद्धि आवश्यक छ : मुख्यमन्त्री सिंह

12 महीना पहिले प्रकाशित

महोत्तरी ,पुस १९ शुक्रबार

मधेस प्रदेशका मुख्यमन्त्री सतिस कुमार सिंहले आधारभूत तहको शिक्षामा राज्यको लगानी वृद्धि आवश्यक रहेको बताएका छन् ।

 

शुक्रबार बर्दिबास-३ गौरीडाँडास्थित जनता माध्यमिक विद्यालय परिसरमा दृष्टिविहीन छात्रछात्राका लागि निर्मित छात्रावास भवन उद्घाटन गर्दै उनले प्रदेश सरकारले शिक्षाको जग मजबुत बनाउन आधारभूत तहकै शिक्षामा योजनाबद्ध काम थाल्नु पर्ने निष्कर्षमा पुगेको बताएका हुन् ।राज्यले उपल्लो तहको शिक्षामा बढी लगानी गरे पनि आधारभूत र माध्यमिक तहमा राम्रो हुन नसक्दा अपेक्षित उपलब्धि हासिल नभएको उनले उल्लेख गरे ।

 

छाया नेपाल नामक संस्थाले दृष्टिविहीन छात्रछात्राका लागि आठ कोठाको दुई तले भवन रु. ९९ लाख ३७ हजार लागतमा निर्माण गरी आज विद्यालयलाई हस्तान्तरण गरेको हो । यस विद्यालयको दृष्टिविहीन छात्र बासमा हाल १९ जना छात्रछात्रा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  ईन्द्र भुषण यादब  जनकपुरधाम, पुस ६ गते    जनकपुरधाम काे प्रसिद्ध गोपाल सेवा समिति स्थित श्रीकृष्ण मन्दिर..

जीवनराज दाहाल  बर्दिवास, पौष ५ गते   बर्दिवास–१४ स्थित एकीकृत नमुना मुसहर बस्तीका बालबालिकाको शिक्षामा सहय..

    सन्तोष महतो जनकपुरधाम, पुस ५ गते (शनिबार) निरंकारी मण्डल जनकपुरधामको आयोजनामा आज शनिबार सामाजिक उत्तरदायि..

    राष्ट्रिय आवाज  जनकपुरधाम, पुस ४ गते  मिथिलाको सांस्कृतिक राजधानी जनकपुरधाम यतिबेला युवाहरूको उत्साह, ..

  राष्ट्रिय आवाज  जनकपुरधाम, ३ पुस जनकपुरधाममा आयोजना हुन लागेको नेपाल जेसीजको ५२ औँ राष्ट्रिय महाधिवेशनको स..