धनुषा ट्राफिक द्वारा जनकपुरमा सवारी लाइसेन्स र मापसे चेकजाँचमा कडाइ

2 वर्ष पहिले प्रकाशित

 

इन्द्र भुषण यादव 

जनकपुरधाम, पुस २६ गते 

 

धनुषा ट्राफिक प्रहरीले जनकपुरधाममा सवारी चेकजाँचमा कडाइ गरेको छ । जनकपुरधामकाे मुख्य क्षेत्रमा ट्राफिक प्रहरीले चेकजाँच गरिरहेको छ । ट्राफिक प्रहरीले सवारी लाइसेन्स र मादक पदार्थ सेवन (मापसे) परीक्षणकडाइका साथ गरिरहेको छ ।

 

ट्राफिक नियम उल्लंघन गर्ने विभिन्न सवारी साधनहरू लाई कारबाही तथा सचेत गराउने अभियान अन्तर्गत निगरानी बढाइएको ट्राफिकले बताएको छ ।

 

 साँझ भने दिनहुँजसो ट्राफिक टोली जनकपुरधाम काे विभिन्न चोकचोकमा मापसे चेकजाँच काे अभियानलाई अगाडि बढाएको छ । तीव्र गतिमा सवारीसाधन चलाउने, मापसे गरेर चलाउने र हेल्मेट नलगाई चलाउने सवारीसाधनलाई नियन्त्रणमा लिएको उनले बताए । 

 

सडक दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरी कार्यालय धनुषाकाे विभिन्न फरक–फरक स्थानमा जनचेतनामूलक कार्यक्रम समेत गर्दै आएको बताए ।

 

विभिन्न सार्वजनिक स्थान, स्कुल–कलेज र चालक परिचालकहरु लाई ट्राफिक नियम एवं सुरक्षा सावधानीका लागि जनचेतना मूलक कार्यक्रमहरु गर्दै आएका छन् । 

 

यात्रु बोक्ने जस्तो संवेदनशील सवारी साधन चलाउने चालकलेनै लागूपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैँमा निन्दनीय कार्य भएको धनुषाका ट्राफिक प्रहरी प्रमुख हरि बहादुरी वलीले बताएका हुन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम, भदौ १४ गते    जनकपुरधाम–१० स्थित देवीचोकमा श्री चित्रगुप्त सेवा समितिको आय..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ १३ गते नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक एवं पूर्वप्रधानमन्त्री माध..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..