धनुषाधाममा एक महिने लगने मकर मेला आज देखि सुरु

2 वर्ष पहिले प्रकाशित

 

इन्द्र भुषण यादव 

जनकपुरधाम, माघ १ गते 

 

धनुषाको प्रसिद्ध धार्मिकस्थल धनुषाधाममा लाग्ने एक महिने मकर मेला आज मंगलबारदेखि सुरु भएको छ ।जिल्लाको उत्तरीपूर्वी क्षेत्रमा ऐतिहासिक, धार्मिक एवं पौराणिक महत्व बोकेको धनुषाधामको मकर मेला प्रख्यात रहेको छ । माघ १ गतेदेखि मसान्तको अन्तिमसम्म प्रत्येक आइतबार लाग्ने मकर मेला भर्न नेपालसहित सीमावर्ती भारतका विभिन्न स्थानबाट लाखौंको संख्यामा श्रद्धालु भक्तजन तथा पर्यटकहरु धनुषाधाम आउने गर्छन् । 

 

त्रेतायुगमा राजा जनकले छोरी सीताको विवाहको लागि आयोजना गरेको स्वयम्वरमा भगवान रामले भाँचेको धनुषको एक टुक्रा आकाश, अर्को पाताल र धनुषको मध्य टुक्रा धनुषाधाममा झरेको धार्मिक मान्यता रहेको छ। धनुषाधाममा खसेको धनुषको कालो रङको शिलामाथि अहिले पीपलको रुख छ। उक्त रुख साढे पाँचसय वर्ष पुरानो रहेको विश्वास गरिन्छ। पीपलको बोटमुनि नागको बास रहेको बताइन्छ ।

 

अमावश्या तिथिका दिन मध्यरातमा मणिसहितको नाग देखिने र पूरै मन्दिर हरियो रङले रंगिने जनविश्वास छ। सोही स्थानमा धनुषबाबाको मन्दिर निर्माण पश्चात वर्षेनि माघ महिनामा मकर मेला लाग्ने गरेको छ। पाँच मकर स्नान गरेर धनुष भगवानको दर्शन गरेपछि १०० रामेश्वरमको दर्शन बराबर हुने धार्मिक विश्वास रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  रेविता कुमारी राष्ट्रिय आवाज, जनकपुरधाम, असोज २८ गते   तथ्याङ्क सङ्कलन तथा व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थान..

    दीपक श्रेष्ठ मण्डल  राष्ट्रिय आवाज  जनकपुरधाम, असोज २६ गते जनकपुरधाम उपमहानगरपालिका–३ मा राष्ट्रिय à¤..

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..