धनुषाधाममा एक महिने लगने मकर मेला आज देखि सुरु

11 महीना पहिले प्रकाशित

 

इन्द्र भुषण यादव 

जनकपुरधाम, माघ १ गते 

 

धनुषाको प्रसिद्ध धार्मिकस्थल धनुषाधाममा लाग्ने एक महिने मकर मेला आज मंगलबारदेखि सुरु भएको छ ।जिल्लाको उत्तरीपूर्वी क्षेत्रमा ऐतिहासिक, धार्मिक एवं पौराणिक महत्व बोकेको धनुषाधामको मकर मेला प्रख्यात रहेको छ । माघ १ गतेदेखि मसान्तको अन्तिमसम्म प्रत्येक आइतबार लाग्ने मकर मेला भर्न नेपालसहित सीमावर्ती भारतका विभिन्न स्थानबाट लाखौंको संख्यामा श्रद्धालु भक्तजन तथा पर्यटकहरु धनुषाधाम आउने गर्छन् । 

 

त्रेतायुगमा राजा जनकले छोरी सीताको विवाहको लागि आयोजना गरेको स्वयम्वरमा भगवान रामले भाँचेको धनुषको एक टुक्रा आकाश, अर्को पाताल र धनुषको मध्य टुक्रा धनुषाधाममा झरेको धार्मिक मान्यता रहेको छ। धनुषाधाममा खसेको धनुषको कालो रङको शिलामाथि अहिले पीपलको रुख छ। उक्त रुख साढे पाँचसय वर्ष पुरानो रहेको विश्वास गरिन्छ। पीपलको बोटमुनि नागको बास रहेको बताइन्छ ।

 

अमावश्या तिथिका दिन मध्यरातमा मणिसहितको नाग देखिने र पूरै मन्दिर हरियो रङले रंगिने जनविश्वास छ। सोही स्थानमा धनुषबाबाको मन्दिर निर्माण पश्चात वर्षेनि माघ महिनामा मकर मेला लाग्ने गरेको छ। पाँच मकर स्नान गरेर धनुष भगवानको दर्शन गरेपछि १०० रामेश्वरमको दर्शन बराबर हुने धार्मिक विश्वास रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  मोनु गुप्ता जनकपुरधाम, पुस २ गते    श्री हरि मानव कल्याण मञ्चले जीवन–मरण सँग संघर्ष गरिरहेकी रौतहट जिल्ला..

     सरोज मल्लिक  जनकपुरधाम, पुस १ गते    इन्सेकको आयोजनामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्ध..

राष्ट्रिय आवाज  धनुषा, २९ मंसिर – लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, धनुषा जिल्ला समितिको जिल्ला स्तरीय विस..

  विशाल साह  ललितपुर, २९ मंसिर   खाद्य तथा कृषि संगठन (एफएओ) र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको संयुक्त आयो..

राष्ट्रिय आवाज जनकपुरधाम, २९ मंसिर ।   पोखरा भ्रमण वर्ष २०२५ तथा आउँदै गरेको २७औँ पोखरा सडक महोत्सवको प्रचार–..