प्रवासी नेपाली मञ्च युएईमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

10 महीना पहिले प्रकाशित

माग ६ आईतवार 

युएई । प्रवासी नेपाली मञ्च युएईले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा विभिन्न दल परित्याग गरी संगठनमा प्रवेश भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रवासी नेपाली मञ्च मध्यपूर्व कमिटीका इन्चार्ज उमाशंकर अरगरियाको उपस्थितिमा नवप्रवेशी सदस्यहरूलाई टीका लगाएर स्वागत तथा सम्मान गरिएको हो ।

 

कार्यक्रममा मिथिला समाज युएईका अध्यक्ष मनोज बिदेसियाको नेतृत्वमा सदस्यहरू देव सरण यादव, श्याम यादव, सरोज रान यादव, गणेश यादव प्रमोद यादवलगाइतले आफ्नो पुरानो पार्टी परित्याग गरी प्रवासी नेपाली मञ्च युएईमा प्रवेश गरेका छन् । प्रमुख अतिथि अरगरियाले नवप्रवेशी सदस्यहरूलाई पार्टीमा स्वागत गर्दै संगठनको उद्देश्यमाथि प्रकाश पार्दै प्रवासी नेपालीहरूको हक, अधिकार, र कल्याणका लागि काम गर्न आग्रह गर्नुभयो ।

 

यस अवसरमा, नवप्रवेशी सदस्यहरूले प्रवासी नेपालीहरूको हितका लागि मञ्चले गरेका प्रयासप्रति आभार व्यक्त गर्दै संगठनको सिद्धान्त र उद्देश्यप्रति विश्वास व्यक्त गरेका छन् ।

 

कार्यक्रममा संगठनका अन्य पदाधिकारीहरू, विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । यो प्रवेश कार्यक्रमले प्रवासी नेपाली मञ्च युएईको संगठनात्मक सशक्तीकरणमा थप योगदान गर्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज, जनकपुर धाम    ग्लोबल एक्सन नेपाल द्वारा धनुषाको लक्ष्मिनिया गाउँपालिका–सपहीमा सामाजिक ..

    राष्ट्रिय आवाज जनकपुर धाम,कार्तिक ११ गते    ‘स्वास्थ्य र सिर्जनशील युवाको लागि खेलकुद, खेलकुदका लागि ..

  राष्ट्रिय आवाज जनकपुरधाम, कार्तिक ११ गते जनकपुरधाम उपमहानगरपालिकामा कार्यरत भेटेरिनरी डाक्टर अमर कुमार साह..

राष्ट्रिय आवाज बर्दिवास, महोत्तरी ,कार्तिक १० गते नेपाल रेडक्रस सोसाइटी बर्दिवास उपशाखा अन्तर्गतको बर्दिवास रक..

  राष्ट्रिय आवाज      जनकपुरधाम, कार्तिक १० गते  जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको तेलहा पो..