माछा-मासु, मदिरा वर्जित जानकी मन्दिरको छतमा मदिराका बट्टा

2 वर्ष पहिले प्रकाशित

 

पुस 

धनुषा । हिन्दुहरुको आस्थाको केन्द्र तथा मुख्य धरोहर जानकी मन्दिर जस्तो पवित्र धार्मिकस्थलको छतमाथि मदिराका बट्टाहरु भेट्न थालिएको छ। जनकपुरधाममा रहेको माता जानकी दरवारको दक्षिण पट्टी रहेको सन्त निवासको छतमाथि देखिएको यो दृष्य सामान्य विषय भने होइन ।

हिन्दुहरुको आस्थाको केन्द्र तथा मुख्य धरोहर जानकी मन्दिर जस्तो पवित्र धार्मिकस्थलको छतमा यसरी मदिराको खोल भेटिनु लापरवाहीको पराकाष्ठा हो। कसैले फालेको भएपनि यस्तो दृश्य धार्मिक आस्थाको लागि अशोभनिय विषय हो । पानीको बोतल संगै रहेको खाली बट्टाले मन्दिर प्रशासनको लापरवाही उदाङ्गो पारेको छ ।

 

जानकी मन्दिर परिसर भित्रको छतमा मदिराको वोतल र खोल भेटिनु अकल्पनिय र अनेकौ शंकाको विषय त हो नै कुनै कारणवस मदिराको बट्टा लापरवाहिपूर्वक त्यहाँ पुगेको भएपनि यो दृश्य कुनै पनि दृष्टिकोणबाट सह्य नभएको स्थानियहरु बताउँछन्। स्थानीय एक जना प्रतिष्ठित व्यक्तिले नाम नखुलाउने सर्तमा भने- 'जानकी मन्दिरको बारेमा नजिकबाट हामीलाई थाहा छ त्यसैले बढी म भन्दिन, मन्दिर भित्र रहेको सन्त निवासको छ्तमाथि मदिराको बट्टा भेटनु दुर्भाग्यपूर्ण हो ।' हिन्दुहरुको आस्थाको केन्द्र रहेको र मन्दिरको वरिपरि माछा, मासु, मदिरा समेत वन्देज रहेको अवस्थामा त्यो कहाँबाट आयो ? उनले प्रश्न गरे । छत माथि मदिरा भेटनु निन्दनीय छ ।

 

त्यस्तै जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष दिपेन्द्र साहले जानकी मन्दिरका हेरक क्रियाकलप लाई नियाल्न जरुरी रहेको बताए । उनले भने, 'यो फोटोले जानकी मन्दिरमा भएको क्रियाकलापको उजागर गरेको छ फोटो खिच्ने पत्रकारलाई धन्यवाद। जानकी मन्दिरमा त अहिले मदिराको बट्टा मात्रै देखिएको छ । यहाँका स्थानीयले ध्यान दिए भने अन्य धेरै थोक देखिनेछ ।'

 

जनकपुरधाम उद्योग वाणिज्य संघका महासचिव जितेन्द्र कुमार महासेठले मन्दिरमा मदिराका बट्टा भेटनु दुर्भाग्यपूर्ण रहेको भन्दै दोषीलाई कानुनको कठघरामा ल्याउनुपर्ने बताए । उनले भने, 'जानकी मन्दिर हिन्दुहरुको अस्थाको केन्द्र रहेकाले मन्दिरको सन्त निवासको छतमा मदिरा बट्टा भेटनु दुर्भाग्यपूर्ण हो। कसले फालेको त्यसलाई पतो लगाइ कानुनको कठघरामा ल्याउनुपर्छ ।'

 

सो बिषयमा जानकी मन्दिरका छोटे महन्त रामारोशन दास वैष्णव सँग सोधपुछ गर्दा आफुहरुलाई केही थाहा नभएको जानकारी बताए । उनले भने, 'मन्दिर बाहिर सिसी क्यामरा रहेको छ। मदिराको बट्टा कसले फाल्यो किन फाल्यो मलाई थाहा छैन ।'

साभार _ हाम्रा कुरा

डट कम बाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  रेविता कुमारी राष्ट्रिय आवाज, जनकपुरधाम, असोज २८ गते   तथ्याङ्क सङ्कलन तथा व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थान..

    दीपक श्रेष्ठ मण्डल  राष्ट्रिय आवाज  जनकपुरधाम, असोज २६ गते जनकपुरधाम उपमहानगरपालिका–३ मा राष्ट्रिय à¤..

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..