धनुषाको किसानपुर कुम्हरा सडक निर्माणमा गुणस्तरहिन काम, जनगुनासो पछि स्थलगत अनुगमन

1 वर्ष पहिले प्रकाशित

जनकपुर धाम,२०८१ माघ १५

धनुषा — धनुषाधाम नगरपालिका वडा नं ७ किसानपुर देखि वडा नं ८ कुम्हरा जोड्ने दुई किलोमिटर कालोपत्रे सडक र नाला निर्माणमा गुणस्तरहिन काम भएको जनगुनासो बढेसँगै स्थलगत अनुगमन गरिएको छ।

 

स्थानीयहरूको गुनासोपछि श्री कुम्हरा युवा क्लबका अध्यक्ष तथा पत्रकार मुकेशकुमार ठाकुरको पहलमा सडक डिभिजन कार्यालयका इन्जिनियर विकास झाले निर्माण स्थलको अनुगमन गरेका छन्। सो क्रममा माओवादी केन्द्र धनुषाका सहइन्चार्ज झल्कु यादव, स्थानीय इन्जिनियर महेश यादव, दुर्गेश यादव लगायतको उपस्थिति रहेको थियो।

 

स्थलगत निरीक्षणका क्रममा इन्जिनियर झाले निर्माणकार्यको अवस्था निरीक्षण गर्दै भने, “गुणस्तरहिन कामलाई पुनः निर्माण गर्नुपर्छ। यदि काम सुधार नगरेको खण्डमा भुक्तानी रोकिन्छ।” उनले स्थानीय जनताको विकास निर्माणमा चासो राख्ने सक्रियताका लागि धन्यवाद पनि दिए।

 

स्थानीयबासीहरूले सडक र नाला निर्माणमा प्रयोग भएका सामग्रीहरू कम गुणस्तरका भएका र निर्माण प्रक्रियामा लापरबाही भएको आरोप लगाएका थिए। अनुगमनपछि निर्माण कम्पनीलाई सुधारको निर्देशन दिइएको छ।

साभार _ धनु

ष टिभि 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  अर्जुन कुमार साह  जनकपुर धाम, चैत्र ६ गते  धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–६ सखुवामा मुसहर समुदा..

  दीपक श्रेष्ठ मंडल  जनकपुरधाम, चैत्र ६ गते रेन (RAIN) को आयोजनामा जनकपुरधाममा जलवायु परिवर्तनसम्बन्धी एक महत्वप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, चैत्र ६ गते जनकपुरधाम–२४ स्थित श्री गोग्ल प्रसाद नमूना माध्यमिक विद्यालयमा आ..

  राष्ट्रिय आवाज  चैत्र ५ गते  आजमगढ — सन्त निरंकारी मिशनको आयोजनामा निरंकारी यूथ फोरमअन्तर्गत यूथ सिम्पो..

  राष्ट्रिय आवाज  जनकपुरधाम, चैत्र ५ गते धनुषाको यदुकहा बजारमा गरिएको आकस्मिक बजार अनुगमनले उपभोक्ता माथि हु..