विपद् जोखिम न्यूनीकरण सम्बन्धी अभिमुखिकरण तथा प्रयोगात्मक अभ्यास

1 वर्ष पहिले प्रकाशित

धीरेश दत्त/ राष्ट्रिय आवाज 

जनकपुर धाम माघ १८

धनुषामा विघालयको सहकार्यमा बिधार्थी तथा शिक्षकहरुलाई विपद् जोखिम न्यूनीकरण सम्बन्धी अभिमुखिकरण तथा प्रयोगात्मक अभ्यास गरिएको हो ।

दलान नेपाल द्धारा जनकपुरधाम उपमहानगरपालिका वडा नं. २४ बसहिया स्थित श्री गोगल प्रसाद नमुना मा. वि. मा अध्ययनरत कक्षा ९, १०, ११, १२ र डिप्लोमाका अध्ययनरत विद्यार्थीहरु लगायत शिक्षकहरुको उपस्थितिमा विपद् जोखिम न्यूनीकरण सम्बन्धी अभिमुखिकरण तथा प्रयोगात्मक अभ्यास कार्यक्रम सम्पन्न गरिएको हो । जम्मा ८० जनाको सहभागिता रहेको यस कार्यक्रमको मुख्य उद्देश्य विपद् आइहाले हाम्रो पूर्वतयारी गर्ने बानी नरहेको र यसरी अभिमुखिकरण तथा प्रयोगात्मक अभ्यास गराउँदा हरेक विद्यार्थीहरुको मानस पटलमा पूर्वतयारी महत्वपूर्ण रहेकोले आफू तथा आफ्नो समुदायलाई विपद् आइपरेको बेला खासगरी आगलागि तथा भुकम्पबाट सम्भावित धनजनको क्षतिलाई न्यूनीकरणमा टेवा पुर्याउने दलान नेपालका कार्यकारी निर्देशक धर्मानन्द ठाकुरले बताए ।

यस अभिमुखिकरण तथा प्रयोगात्मक अभ्यास कार्यक्रममा विपदबाट हुने जोखिम, विभिन्न प्रकारका प्रकोप, भुकम्प, आगलागि, र बाढीबाट बच्ने उपायहरु बारे विद्यार्थीहरुको सक्रिय सहभागीतामा छलफल तथा अभिमुखिकरण गरियो । विद्यार्थीहरु यस अघि भुकम्प र आगलागिबाट बच्नका लागि पूर्वतयारीको अभ्यास नगरेको विद्यार्थीहरले बताए यस्तो प्रयोगात्मक अभ्यासले जोखिम न्युनिकरण सजिलै गर्न सकिने एक जना बिधार्थीले बताए । गोगल प्रसाद नमूना मा. वि. बसहियामा नमूना विद्यालय भए पनि आगलागिबाट बच्नका लागि पूर्वतयारी स्वरुप अग्नी समक यन्त्र नरहेकोले यस विद्यालय र दलान नेपालको सहजीहरणमा यस अभिमुखिकरण पश्चात् अग्नी समक यन्त्र पनि जडान गरेको प्र.अ. महाविर दास ले बताए । यस अभिमुखिरणले विद्याथीहरुलाई विपद् जोखिमको पूर्वतयारी खास गरी विद्यालयमा मात्र नभई आफ्नो घरमा पनि पूर्वतयारीको साधन वा यन्त्र राख्न एकदम जरुरी रहेकोले यस सँग सम्बन्धित प्रयोगात्मक अभ्यासले पूर्वतयारीमा आत्म विश्वास बढेको एक शिक्षकले जानकारी गराए । दलान नेपालका कार्यकारी निर्देशक ठाकुरका अनुसार विपद् जोखिम न्यूनीकरण सम्बन्धी अभिमुखिकरण एक अभियान कै रुपमा धनुषा र महोत्तरी जिल्लाको सामुदायिक विद्यालयहरुमा निरन्तर कार्यक्रम गरिने कुरा पनि जानकारी गराउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  अर्जुन कुमार साह  जनकपुर धाम, चैत्र ६ गते  धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–६ सखुवामा मुसहर समुदा..

  दीपक श्रेष्ठ मंडल  जनकपुरधाम, चैत्र ६ गते रेन (RAIN) को आयोजनामा जनकपुरधाममा जलवायु परिवर्तनसम्बन्धी एक महत्वप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, चैत्र ६ गते जनकपुरधाम–२४ स्थित श्री गोग्ल प्रसाद नमूना माध्यमिक विद्यालयमा आ..

  राष्ट्रिय आवाज  चैत्र ५ गते  आजमगढ — सन्त निरंकारी मिशनको आयोजनामा निरंकारी यूथ फोरमअन्तर्गत यूथ सिम्पो..

  राष्ट्रिय आवाज  जनकपुरधाम, चैत्र ५ गते धनुषाको यदुकहा बजारमा गरिएको आकस्मिक बजार अनुगमनले उपभोक्ता माथि हु..