धनुषामा सरस्वती पूजाको सभ्य आयोजना तथा सांस्कृतिक शुद्धता कायम राख्न आग्रह

11 महीना पहिले प्रकाशित

जनकपुरधाम, २०८१ माघ १७ 

धनुषाका प्रमुख जिल्ला अधिकारी लगायत निजी तथा सामुदायिक विद्यालय सञ्चालक संस्थाहरू (पैबसन, इनपेबसन) लाई आज राष्ट्रिय एकता अभियानका जिल्ला सह-संयोजक पंकज झाको नेतृत्वमा एक ज्ञापनपत्र बुझाइएको छ। उक्त ज्ञापनपत्रमा माघ २१ गते सोमबार मनाइने सरस्वती पूजालाई सभ्य र अनुशासित रूपमा आयोजना गर्न विभिन्न मागहरू अघि सारिएको छ।

 

ज्ञापनपत्रमा सबै शैक्षिक संस्थाहरूलाई विद्यार्थीलाई विद्यालयको पोशाक (युनिफर्म) मा उपस्थित गराउने, सांस्कृतिक तथा धार्मिक शुद्धता कायम राख्ने, डीजे बाजा तथा अश्लील गीतहरू बजाउन नदिनु पर्ने, साथै अत्यधिक ध्वनि प्रदूषणबाट जोगिन विशेष ध्यान दिनुपर्ने अनुरोध गरिएको छ।

 

राष्ट्रिय एकता अभियानका जिल्ला सह-संयोजक झाले विगत वर्षहरूमा सरस्वती पूजाको अवसरमा बढ्दो ध्वनि प्रदूषण, अनुशासनहीन गतिविधि तथा सांस्कृतिक विकृति देखिएको भन्दै यस वर्ष यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्न सबै पक्षले गम्भीर ध्यान दिनुपर्ने बताए।

 

ज्ञापनपत्र बुझ्दै सम्बन्धित अधिकारीहरूले सरस्वती पूजालाई मर्यादित र संस्कृतिमैत्री रूपमा मनाउने पहल गरिने प्रतिबद्धता व्यक्त गरेका छन्। सह संयोजक झा सँगै अभियानका मनीष पुर्वे, वृखेश कुमार लागयतको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  ईन्द्र भुषण यादब  जनकपुरधाम, पुस ६ गते    जनकपुरधाम काे प्रसिद्ध गोपाल सेवा समिति स्थित श्रीकृष्ण मन्दिर..

जीवनराज दाहाल  बर्दिवास, पौष ५ गते   बर्दिवास–१४ स्थित एकीकृत नमुना मुसहर बस्तीका बालबालिकाको शिक्षामा सहय..

    सन्तोष महतो जनकपुरधाम, पुस ५ गते (शनिबार) निरंकारी मण्डल जनकपुरधामको आयोजनामा आज शनिबार सामाजिक उत्तरदायि..

    राष्ट्रिय आवाज  जनकपुरधाम, पुस ४ गते  मिथिलाको सांस्कृतिक राजधानी जनकपुरधाम यतिबेला युवाहरूको उत्साह, ..

  राष्ट्रिय आवाज  जनकपुरधाम, ३ पुस जनकपुरधाममा आयोजना हुन लागेको नेपाल जेसीजको ५२ औँ राष्ट्रिय महाधिवेशनको स..