जनकपुर धाममा आज देखि एचपीभी खोप लगाइदै

11 महीना पहिले प्रकाशित

 

 मोनु गुप्ता / राष्ट्रिय आवाज 

जनकपुर धाम, माघ २३

जनकपुरधाम उप-महानगरपालिकाले आज बाट एचपीभी खोप अभियान २०८१ जनकपुरधाम उ.म.न.पा.-१२ मा.वि. कुवा रामपुर बाट एक कार्यक्रमको आयोजना गरी सुरु गरेका हुन। नेपाल सरकारले देशभर एचपीभी खोप अभियान सुरु गरेको यो अभियान फागुन ६ गतेसम्म जारी रहनेछ । 

 

जनकपुरधाम उप-महानगरपालिका स्वास्थ्य शाखाको आयोजना जनकपुर धाम उपमहानगरपालिका -१२ का अध्यक्ष महेन्द्र साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख मनोज कुमार साहले जनकपुर धामको २५ वटा वार्डमा करिब १७ हजार किशोरी लाई खोप दिइने बताएका छन।अभियानमा विद्यालयका कक्षा ६ देखि १० सम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप दिइनेछ नगरपालिकाको लक्ष्य रहेको बताएका छन।

खोप कहाँ लगाउने ?

विद्यालयमा अध्ययनरत बालिकाले विद्यालयमा नै खोप लगाउन पाउने छन् । विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका बालिकाले नजिकैको विद्यालयमा गएर एचपीभी खोप लगाउन सक्छन् । केही कारणवश छुटेका किशोरीले नजिकैको स्वास्थ्य संस्थाबाट पनि खोप लगाउन सक्ने खोप सुपरभाइजर विनय कुमार साह बताउँछन् । 

 

एचपीभी खोप भनेको के हो ?

 

एचपीभी खोप भनेको पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाउने खोप हो । यो क्यान्सर नेपाली महिलामा सबैभन्दा धेरै देखिएको छ । सबैभन्दा धेरै मृत्युको कारक पनि यही क्यान्सर हो । औसतमा दैनिक ६ जनामा यो क्यान्सर पत्ता लाग्ने गरेको छ । यही क्यान्सरका कारणले पनि दैनिक चार जनाको मृत्यु भइरहेको छ । यो अवस्थालाई निवारण गर्न खोप अपरिहार्य रहेको डक्टरहरु बताउँछ

न् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय आवाज  जनकपुरधाम, पुस ४ गते  मिथिलाको सांस्कृतिक राजधानी जनकपुरधाम यतिबेला युवाहरूको उत्साह, ..

  राष्ट्रिय आवाज  जनकपुरधाम, ३ पुस जनकपुरधाममा आयोजना हुन लागेको नेपाल जेसीजको ५२ औँ राष्ट्रिय महाधिवेशनको स..

  राष्ट्रिय आवाज  जनकपुरधाम, पुस ३ गते  राष्ट्रिय मुक्ति पार्टी (रामुपा) का केन्द्रीय सदस्य दीपककुमार झालाई ..

  मोनु गुप्ता जनकपुरधाम, पुस २ गते    श्री हरि मानव कल्याण मञ्चले जीवन–मरण सँग संघर्ष गरिरहेकी रौतहट जिल्ला..

     सरोज मल्लिक  जनकपुरधाम, पुस १ गते    इन्सेकको आयोजनामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्ध..