मिथिला आर्ट प्रवर्द्धनमा समर्पित सुनैना आर्ट ग्यालरी

1 वर्ष पहिले प्रकाशित

मिथिला आर्ट प्रवर्द्धनमा समर्पित सुनैना आर्ट ग्यालरी

 

इन्द्र भुषण यादव/ राष्ट्रिय आवाज 

जनकपुरधाम, माघ २५ गते 

 

मिथिला आर्ट प्रवर्द्धनमा समर्पित सुनैना आर्ट ग्यालरी राष्ट्रिय स्तरमा नै परिचित नाम हो । हाम्रो समाजमा रहेको जीवन्त सम्पदा र सांस्कृतिक धरोहरलार्ई सुनैनाको मिथिला आर्टले थप जीबन्त बनाउने काम गरेको छ ।

 

संस्कृतिको उत्थान र प्रवर्द्धन, चित्रकलामार्फत नयाँ पुस्तालाई लोप हुँदै गएको संस्कृतिको ज्ञान हस्तान्तर, मिथिला चित्रकलामार्फत् महिला सशक्तिकरण र लैङ्गिक समानताको संदेश उनका मुख्य उदेश्यहरु हुन् । सामाजिक रुपमा सिर्जनशील आर्ट क्षेत्रमा लागि समाजका लागि योगदान गर्ने व्यक्तित्व हुन् उनी ।

 

उनी चाहन्छिन् आफ्नो समुदाय, समाजको महिलाहरुले सांकृतिक प्रवर्द्धनका लागि भूमिका खेलुन्। जसको लागि मिथिला चित्रकला बलियो माध्यम बन्ने उनको बुझाई छ। 

 

साथै मिथिला चित्रकलालाई माध्यम बनाएर महिला मात्र नभएर कुनै पुरुषले पनि व्यक्ति, परिवार, समाज र देशमा आर्थिक, सामाजिक परिवर्तनको लागि भूमिका निर्वाह गर्न सक्ने विश्वास राख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार ४ गते    सप्तरीको खडक नगरपालिका मधेश प्रदेशकै दोस्रो तथा जिल्लाकै पहिलो..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार ४ गते    बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि, शारीरिक तथा मा..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार ३ गते मधेश खेलकुद परिषद्को आयोजनामा राष्ट्रिय कुस्ती प्रतियोगिता २०८३ मं..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार ३ गते    शिक्षा क्षेत्रमा सुधार, पारदर्शिता तथा जवाफदेहिता अभिवृद्धि गर..

  रेविता कुमारी  शहीदनगर ,असार ३ गते    शहीदनगर नगरपालिकालाई पूर्ण साक्षर नगरपालिका घोषणा गर्ने उद्देश्यल..