क्यान धनुषा द्वारा तीन महिने निःशुल्क कम्प्यूटर तालिम हुने

9 महीना पहिले प्रकाशित

 

इन्द्र भुषण यादव 

जनकपुरधाम, २ फागुन । कम्प्यूटर एशोसिएशन नेपाल महासंघ, धनुषा (क्यान)द्वारा निःशुल्क तीन महिने कम्प्यूटर तालिम हुने भएको छ ।

जनकपुरधाममा शुक्रवार पत्रकार सम्मेलन गरी क्यानका अध्यक्ष विनय साहले गरीब, दलित, अपाङ्ग, अल्पसंख्यक तथा जेहेन्दार विद्यार्थीहरुलाई मध्यनजर गरी सो तालिमको व्यवस्था गरिएको बताइएको छ ।

क्यान अध्यक्ष साहले सूचना प्रविधिको जनशक्ति उत्पादन गर्ने उद्देश्यले पहिलो चरणमा ५१ जनालाई निःशुल्क कम्प्यूटर तालिमको व्यवस्था गरिएको बताएका छन् । उहाँले धनुषाको १५ वटा कम्प्यूटर इन्स्टिच्यूटमा विद्यार्थीहरुलाई निःशुल्क तालिमको व्यवस्था गरिएको हो । त्यसका लागि यहि फागुन २ गतेदेखि फागुन १८ गतेसम्म फारम खुल्ला गरिएको छ । फारम समेत निःशुल्क रहेको उहाँले बताउनुभयो ।

निःशुल्क कम्प्यूटर तालिमका लागि फारम भरेका मध्येबाट पहिलो चरणमा ५१लाई छनौट गरिने छ अध्यक्ष साहले भने ‘एउटा विद्यार्थीले पाँचवटा इन्ष्टिच्यूटलाई छनौट गर्न सकिने, पाँचवटा मध्येमा कुनमा कुन विद्यार्थीलाई पठाउने हो, त्यसको निर्णय क्यान महासंघ धनुषा शाखाले निर्णय गरिने बताएका छन् । फारम भर्नका लागि अनलाइनको समेत व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय आवाज जनकपुर धाम,कार्तिक ११ गते    ‘स्वास्थ्य र सिर्जनशील युवाको लागि खेलकुद, खेलकुदका लागि ..

  राष्ट्रिय आवाज जनकपुरधाम, कार्तिक ११ गते जनकपुरधाम उपमहानगरपालिकामा कार्यरत भेटेरिनरी डाक्टर अमर कुमार साह..

राष्ट्रिय आवाज बर्दिवास, महोत्तरी ,कार्तिक १० गते नेपाल रेडक्रस सोसाइटी बर्दिवास उपशाखा अन्तर्गतको बर्दिवास रक..

  राष्ट्रिय आवाज      जनकपुरधाम, कार्तिक १० गते  जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको तेलहा पो..

  लक्ष्मण यादव सुनसरी, कार्तिक ७ गते   श्री लक्ष्मी पूजाको शुभ अवसरमा देवानगञ्ज गाउँपालिका–१ (यादव टोल) मा आज..