क्यान धनुषा द्वारा तीन महिने निःशुल्क कम्प्यूटर तालिम हुने

2 वर्ष पहिले प्रकाशित

 

इन्द्र भुषण यादव 

जनकपुरधाम, २ फागुन । कम्प्यूटर एशोसिएशन नेपाल महासंघ, धनुषा (क्यान)द्वारा निःशुल्क तीन महिने कम्प्यूटर तालिम हुने भएको छ ।

जनकपुरधाममा शुक्रवार पत्रकार सम्मेलन गरी क्यानका अध्यक्ष विनय साहले गरीब, दलित, अपाङ्ग, अल्पसंख्यक तथा जेहेन्दार विद्यार्थीहरुलाई मध्यनजर गरी सो तालिमको व्यवस्था गरिएको बताइएको छ ।

क्यान अध्यक्ष साहले सूचना प्रविधिको जनशक्ति उत्पादन गर्ने उद्देश्यले पहिलो चरणमा ५१ जनालाई निःशुल्क कम्प्यूटर तालिमको व्यवस्था गरिएको बताएका छन् । उहाँले धनुषाको १५ वटा कम्प्यूटर इन्स्टिच्यूटमा विद्यार्थीहरुलाई निःशुल्क तालिमको व्यवस्था गरिएको हो । त्यसका लागि यहि फागुन २ गतेदेखि फागुन १८ गतेसम्म फारम खुल्ला गरिएको छ । फारम समेत निःशुल्क रहेको उहाँले बताउनुभयो ।

निःशुल्क कम्प्यूटर तालिमका लागि फारम भरेका मध्येबाट पहिलो चरणमा ५१लाई छनौट गरिने छ अध्यक्ष साहले भने ‘एउटा विद्यार्थीले पाँचवटा इन्ष्टिच्यूटलाई छनौट गर्न सकिने, पाँचवटा मध्येमा कुनमा कुन विद्यार्थीलाई पठाउने हो, त्यसको निर्णय क्यान महासंघ धनुषा शाखाले निर्णय गरिने बताएका छन् । फारम भर्नका लागि अनलाइनको समेत व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल राष्ट्रिय आवाज, धनुषा, असोज २९ गते धनुषाको धनौजी गाउँपालिका–३ अन्तर्गत साविक झोझी कटैया à..

  रेविता कुमारी राष्ट्रिय आवाज, जनकपुरधाम, असोज २८ गते   तथ्याङ्क सङ्कलन तथा व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थान..

    दीपक श्रेष्ठ मण्डल  राष्ट्रिय आवाज  जनकपुरधाम, असोज २६ गते जनकपुरधाम उपमहानगरपालिका–३ मा राष्ट्रिय à¤..

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..