गौर प्रादेशिक अस्पताल मधेश प्रदेश मै उत्कृष्ट , देशको टपटेन अस्पतालको सूचीमा पर्न सफल

1 वर्ष पहिले प्रकाशित

बद्री नाथ झा/राष्ट्रिय आवाज 

रौतहट,फागुन ६

मधेश प्रदेश स्वास्थ मन्त्रालय अन्तर्गत न्यूनतम सेवा मापदण्ड कार्यान्यन कार्यक्रम अनुसार गरिएको अनुगमन निरिक्षण पछि कार्यसम्पादन मूल्यांकनको आधारमा उक्त घोषणा गरिएको हो।

 

प्रादेशिक अस्पताल गौर मूल्यांकनको आधारमा कुल ८९ प्रतिसत मार्क ल्याएर मधेश प्रदेशको ६ वटा प्रादेशिक अस्पताल मध्ये १ नम्बर र देशकै ५० बेडका २० प्रादेशिक अस्पताल मध्ये उत्कृष्ट १० मा पर्न सफल भएको मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मुरारी ठाकुरले बताएका छन्।

प्रदेश स्वास्थ मन्त्रालय अन्तर्गत न्यूनतम सेवा मापदण्ड कार्वान्यन कार्यक्रम लगायत बिभिन्न निकायका ७ सदस्यिय टोलीले आईतवार देखी प्रादेशिक अस्पताल गौरको सुक्षम तरिकाले छड्के अनुगमन निरीक्षण सुरु गरेको थियो।

 

अनुगमन निरीक्षण पश्चात सोमवार साँझ अस्पतालको सभाकक्षमा टोली प्रमुख नर्सिङ प्रशासक नवौं तह सुनिता गुप्ताको अध्यक्षतामा एक बिशेष कार्यक्रमको आयोजना गरी नम्बरिङको निष्कर्ष निकालिएको अस्पताल विकास समितिका अध्यक्ष महमद अनवर हासमीले बताएका छन्।

 

 

कार्यक्रममा बक्ताहरुले केही समय अघिसम्म जिल्ला गौर प्रादेशिक अस्पताल रेफरल अस्पातालको नामले परिचित भएको थियो। तर बर्तमान अस्पताल विकास समितिका अध्यक्ष हासमी, मेडिकल सुरिटेण्डेण्ट डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरमा कार्यरत सम्पूर्ण डाक्टर, स्वास्थ्यकर्मी तथा सम्पूर्ण कर्मचारी अहोरात्र खटेर यो पहिचान कायम गर्न सफल भएको बताएका थिए।

 

कार्यक्रममा जिल्ला प्रसान कार्यालय रौतहतका प्रशासकिय अधिकृत मनिष झा, मेसु डाक्टर ठाकुर, अध्यक्ष हासमी, स्वास्थ्य कार्यालय रौतहटका प्रमुख राजेश कुमार सिंह, मधेस प्रदेश एमएमएस स्कोरिङ टिमका पदाधिकारीहरु लगायत अस्पतालको सम्पूर्ण कर्मचारी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो।

 

 

प्रादेशिक अस्पताल गौरमा यस आर्थिक बर्षको ७ महिनामा बिभिन्न जटिल अपरेसन, सघन सेवा सहित ४३ हजार भन्दा बढी बिरामीलाई उपचार सेवा दिएको छ।

 

गत साउन देखी माघ मसान्तसम्म २६ हजार ९६३ ओपिडी र १७ हजार ३३१ ईमरजेन्सी बिरामीको उपचार भएको अस्पतालको तथ्यांकमा उल्लेख गरिएको छ। उक्त अवधिमा १३ हजार ९५८ बिरामीको रगतलगायत बिभिन्न परीक्षण, ७ हजार ४९८ जनाको एक्सरे भएको छ। त्यस्तै २३ सय ५७ गर्भवती महिलाको नर्मल सुत्केरी र ४२६ जनाको पेटको अपरेसन गरेर सुत्केरी भएको अस्पतालका सर्जन डाक्टर शम्भुकुमार साहले बताएका छन्।

 

त्यसैगरी ६७ जना बिरामीको हडी सम्बन्धी अपरेसन, ६६ जनाको अन्य अपरेसन, २१ जना बिरामीलाई बिभिन्न रोग विरुद्ध थेरापी, अन्य ८५ जना जटिल रोगको उपचार गरिएको उनले जानकारी दिएका छन्।

 

त्यस्तै प्रादेशिक अस्पताल गौरमा पछिल्लो समय किड्नी सम्बन्धी बिरामीको डायलासिस सेवा पनि सुरु भएको छ। अस्पतालमा रहेको ३ वटा मेशिनको सहयोगले दैनिक बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म १५ जना बिरामीको डायलासिस भईरहेको तथ्यांकमा उल्लेख गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  अर्जुन कुमार साह  जनकपुर धाम, चैत्र ६ गते  धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–६ सखुवामा मुसहर समुदा..

  दीपक श्रेष्ठ मंडल  जनकपुरधाम, चैत्र ६ गते रेन (RAIN) को आयोजनामा जनकपुरधाममा जलवायु परिवर्तनसम्बन्धी एक महत्वप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, चैत्र ६ गते जनकपुरधाम–२४ स्थित श्री गोग्ल प्रसाद नमूना माध्यमिक विद्यालयमा आ..

  राष्ट्रिय आवाज  चैत्र ५ गते  आजमगढ — सन्त निरंकारी मिशनको आयोजनामा निरंकारी यूथ फोरमअन्तर्गत यूथ सिम्पो..

  राष्ट्रिय आवाज  जनकपुरधाम, चैत्र ५ गते धनुषाको यदुकहा बजारमा गरिएको आकस्मिक बजार अनुगमनले उपभोक्ता माथि हु..