स्वच्छ पत्रकारिता गणतन्त्रको आधार स्तम्भ : सांसद यादव

8 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज समाचार दाता 

जनकपुरधाम, चैत २९ – प्रदेश सांसद तथा समाजवादी नेता राम आशिष यादवले संघीय लोकतान्त्रिक गणतन्त्रमा स्वच्छ, निष्पक्ष र निर्भीक पत्रकारिता नै मुलुकको आधार स्तम्भ रहेको बताएका छन्।

 

प्रेस मंच नेपाल, धनुषा द्वारा जनकपुरधाममा आयोजित दोस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै सांसद यादवले पत्रकारिताले गणतन्त्र संस्थागत गर्न र संघीयता बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे। ‘संघीयता, समावेशिता र समानुपातिक प्रतिनिधित्व जस्ता मुद्दामा पत्रकारिताले जनताको आवाज बुलन्द गर्न जरुरी छ,’ उनले भने, ‘संविधान संशोधन जस्ता गम्भीर विषयमा पनि सञ्चारकर्मी निर्भीक रहनुपर्छ।’सांसद यादव नेपाल पत्रकार महासंघ धनुषाका पूर्व अध्यक्ष समेत हुन्।

 

कार्यक्रमका विशिष्ट अतिथि तथा जसपा नेपालका केन्द्रीय सदस्य एवं जनकपुरधामका पूर्व नगरप्रमुख लालकिशोर साहले पत्रकारिताको ऐतिहासिक भूमिकाको चर्चा गरे। ‘पञ्चायती शासन अन्त्यदेखि गणतन्त्र स्थापना सम्म पत्रकारिताको योगदान उल्लेखनीय छ,’ उनले भने।

 

कार्यक्रममा जसपा नेपालका केन्द्रीय सदस्य जीतेंद्र यादव, प्रेस मंच नेपालका प्रदेश अध्यक्ष अमरेन्द्र यादव, सञ्चार मिडिया प्राधिकरणका नी बर्तमान अध्यक्ष श्यामसुन्दर यादव, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरण साह, प्रेस मंचका प्रदेश उपाध्यक्ष रामह्रदय यादव, महासचिव वन्दना झा, समाजबादी प्रेस संगठन नेपालका धनुषा अध्ययक्ष विकास साह लगायतले आ–आफ्ना धारणा व्यक्त गरेका थिए।अधिवेशनको अध्यक्षता प्रेस मंच नेपाल, धनुषाका अध्यक्ष अर्जुनकुमार मण्डलले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    सन्तोष महतो जनकपुरधाम, पुस ५ गते (शनिबार) निरंकारी मण्डल जनकपुरधामको आयोजनामा आज शनिबार सामाजिक उत्तरदायि..

    राष्ट्रिय आवाज  जनकपुरधाम, पुस ४ गते  मिथिलाको सांस्कृतिक राजधानी जनकपुरधाम यतिबेला युवाहरूको उत्साह, ..

  राष्ट्रिय आवाज  जनकपुरधाम, ३ पुस जनकपुरधाममा आयोजना हुन लागेको नेपाल जेसीजको ५२ औँ राष्ट्रिय महाधिवेशनको स..

  राष्ट्रिय आवाज  जनकपुरधाम, पुस ३ गते  राष्ट्रिय मुक्ति पार्टी (रामुपा) का केन्द्रीय सदस्य दीपककुमार झालाई ..

  मोनु गुप्ता जनकपुरधाम, पुस २ गते    श्री हरि मानव कल्याण मञ्चले जीवन–मरण सँग संघर्ष गरिरहेकी रौतहट जिल्ला..