स्वच्छ पत्रकारिता गणतन्त्रको आधार स्तम्भ : सांसद यादव

1 वर्ष पहिले प्रकाशित

 

राष्ट्रिय आवाज समाचार दाता 

जनकपुरधाम, चैत २९ – प्रदेश सांसद तथा समाजवादी नेता राम आशिष यादवले संघीय लोकतान्त्रिक गणतन्त्रमा स्वच्छ, निष्पक्ष र निर्भीक पत्रकारिता नै मुलुकको आधार स्तम्भ रहेको बताएका छन्।

 

प्रेस मंच नेपाल, धनुषा द्वारा जनकपुरधाममा आयोजित दोस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै सांसद यादवले पत्रकारिताले गणतन्त्र संस्थागत गर्न र संघीयता बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे। ‘संघीयता, समावेशिता र समानुपातिक प्रतिनिधित्व जस्ता मुद्दामा पत्रकारिताले जनताको आवाज बुलन्द गर्न जरुरी छ,’ उनले भने, ‘संविधान संशोधन जस्ता गम्भीर विषयमा पनि सञ्चारकर्मी निर्भीक रहनुपर्छ।’सांसद यादव नेपाल पत्रकार महासंघ धनुषाका पूर्व अध्यक्ष समेत हुन्।

 

कार्यक्रमका विशिष्ट अतिथि तथा जसपा नेपालका केन्द्रीय सदस्य एवं जनकपुरधामका पूर्व नगरप्रमुख लालकिशोर साहले पत्रकारिताको ऐतिहासिक भूमिकाको चर्चा गरे। ‘पञ्चायती शासन अन्त्यदेखि गणतन्त्र स्थापना सम्म पत्रकारिताको योगदान उल्लेखनीय छ,’ उनले भने।

 

कार्यक्रममा जसपा नेपालका केन्द्रीय सदस्य जीतेंद्र यादव, प्रेस मंच नेपालका प्रदेश अध्यक्ष अमरेन्द्र यादव, सञ्चार मिडिया प्राधिकरणका नी बर्तमान अध्यक्ष श्यामसुन्दर यादव, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरण साह, प्रेस मंचका प्रदेश उपाध्यक्ष रामह्रदय यादव, महासचिव वन्दना झा, समाजबादी प्रेस संगठन नेपालका धनुषा अध्ययक्ष विकास साह लगायतले आ–आफ्ना धारणा व्यक्त गरेका थिए।अधिवेशनको अध्यक्षता प्रेस मंच नेपाल, धनुषाका अध्यक्ष अर्जुनकुमार मण्डलले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम, भदौ १४ गते    जनकपुरधाम–१० स्थित देवीचोकमा श्री चित्रगुप्त सेवा समितिको आय..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ १३ गते नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक एवं पूर्वप्रधानमन्त्री माध..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..