मंगल ग्रहमा पहिलो पटक उड्यो हेलिकप्टर

4 वर्ष पहिले प्रकाशित

काठमाडौँ — अमेरिकी अन्तरिक्ष संस्था नासाले मंगल ग्रहमा पठाएको इन्ज्युनिटी हेलिकप्टरको पहिलो टेस्ट फ्लाइट सफल भएको छ । योसँगै पृथ्वीबाहेक अन्य ग्रहमा उड्ने पहिलो यान इन्ज्युनिटी बनेको हो । 

पृथ्वीबाट कमान्ड दिएर अन्य ग्रहमा मानवनिर्मित यान उडाइएको यो पहिलो हो । सोमबार नेपाली समय अनुसार अपराह्न ४ बजे इन्ज्युनिटीले मंगल ग्रहमा ३० सेकेन्डको उडान गरेको थियो ।

मार्स हेलिकप्टर मिसनकी प्रोजेक्ट म्यानेजर मिमि युङले पहिलो टेस्ट फ्लाइट सफल भएको बताउँदै नासाको जेट प्रोपुल्सन ल्याबोरेटरीलाई धन्यवाद दिएकी छन् । उनले खुसी हुँदै भनिन्, 'पृथ्वीमा पहिलो पटक राइट दाजुभाइले विमान उडाउँदाको क्षणबारे हामी सधैं कुरा गरिरहन्छौं । मंगल ग्रहको यो उडान पनि त्यस्तै हो । '

हेलिकप्टर उडेको तस्बिर पनि नासाले सार्वजनिक गरेको छ । एक केजी ८ सय ग्रामको यो हेलिकप्टर तयार गर्नका लागि नासाले ८५ मिलियन अमेरिकी डलर खर्च गरेको छ ।

प्राचीन इतिहास अध्ययन गर्नका लागि पर्सिभरेन्स रोभरसँगै यो हेलिकप्टरलाई सन् २०२० को जुलाई ३० तारिखका दिन त्यसतर्फ पठाइएको थियो । पर्सिभरेन्स रोभरसँगै यो हेलिकप्टर मंगल ग्रहको जेजिरो क्रेटरमा १८ फेब्रुअरीको २०२१मा अवतरण भएको थियो ।

जनकपुरधाम, ७ पुस । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिँहले सीता बिना राम मात्र अधुरो नभएर रामायण नै अपूर्ण ह..

आइतबार, ०७ पुष २०८१ गते  जनकपुरमा संघीय हिन्दू गणतन्त्र स्थापनार्थ धर्ना कार्यक्रम सम्पन्न   संघीय हिन्दू गण..

  जनकपुर धाम  आज , पुस ५ गते शुक्रबार    जनकपुरधाम उपमहानगरपालिका वार्ड ८ का अध्यक्ष दिनेश कुमार सिंहले आजको..

  जनकपुर धाम, पुस ४ बिहीबार  स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन नेपाल, मधेस प्रदेशले प्रदेश तथा स्थानीय तहम..

इन्द्र भुषण यादव/ राष्ट्रिय आवाज  जनकपुरधाम, पुस ३ गते    धनुषामा विभिन्न समयमा तस्कर बाट नियन्त्रणमा लिएको ..