दाइजोको नाममा मृत्युदण्ड: जनकपुरमा गर्भवती युवतीको रहस्यमय झुण्डिएको शव

1 वर्ष पहिले प्रकाशित

राष्ट्रिय आवाज 

 जनकपुरधाम, वैशाख २२

दाइजोमा मागिएको मोटरसाइकल समयमा नदिएको भन्दै जनकपुरमा एक करिब १८ वर्षीया गर्भवती युवतीको हत्या गरिएको आरोप मृतकका परिवारले लगाएका छन्।

 

महोत्तरीको पिपरा गाउँपालिका–६ रतौलीकी ज्योती साहको सात महिना अघि जनकपुरधाम–१३ का किसान साहसँग विवाह भएको थियो। विवाहका बेला ससुरा पक्षले मोटरसाइकल लिने सर्तमा सहमति जनाएका थिए। तर, समयमा नपाएको भन्दै बारम्बार कुटपिट हुन्थ्यो भन्ने माइती पक्षको भनाइ छ।

 

अस्ति माइतीबाट फर्किएकी ज्योती आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। जनकपुरको प्रादेशिक अस्पतालमा मृत घोषणा गरिएको थियो। परिवारजनका अनुसार, उनको टाउकोमा गम्भीर चोट, हात भाँचिएको र शरीरमा नीलडाम देखिएको छ। उनी तीन महिनाकी गर्भवती थिइन्।

 

धनुषा प्रहरीका अनुसार, पति किसान साहलाई नियन्त्रणमा लिइएको छ। पोष्टमार्टम रिपोर्ट पछि थप विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

यो घटनाले फेरि एक पटक समाजमा गढिएको दाइजो प्रथाले निर्दोष महिलाको ज्यान कसरी लिइरहेको छ भन्ने गम्भीर प्रश्न उठाएको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ १३ गते नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक एवं पूर्वप्रधानमन्त्री माध..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..