कमला नदी किनारमा रामेश्वर आर्यघाटको शिलान्यास

1 वर्ष पहिले प्रकाशित

राष्ट्रिय आवाज 

जनकपुरधाम , जेष्ठ १३ गते— जनमत पार्टीका केन्द्रीय सचिव बीपी साहले धनुषा क्षेत्र एक अन्तर्गत सबैला नगरपालिका–१३ स्थित सिताघाट (ढोलबज्जा) मा रामेश्वर आर्यघाटको शिलान्यास गरेका छन्। कमला नदी किनारमा दाहसंस्कारका लागि सुविधासम्पन्न आर्यघाट निर्माण गर्न मधेश प्रदेश सरकारको ५० लाख रुपैयाँको लगानीमा यो कार्य सुरु भएको हो।

 

यस क्षेत्रका नागरिकहरू – विशेषगरी सबैला नगरपालिका र गणेशमान चारनाथ नगरपालिकाका बासिन्दा – सिताघाटमा दाहसंस्कारका लागि जाने गर्छन्। नयाँ आर्यघाट निर्माणसँगै स्थानीयवासीलाई सहजता पुग्ने वडा सदस्य दिप दनुवारले बताए।

 

शिलान्यास समारोहमा नेता साहलाई स्थानीय जनप्रतिनिधि, सर्वसाधारण, सुरक्षाकर्मी तथा पार्टीका नेता कार्यकर्ताहरूले स्वागत गरेका थिए। कार्यक्रममा बोल्दै बीपी साहले प्रदेश सरकारसँग थप बजेट माग गरेर आर्यघाट लाई व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरे।

 

उनका अनुसार, प्रत्येक वर्ष यही घाटमा लाग्ने ‘भूत मेला’ (देव मेला) लाई समेत ध्यानमा राख्दै यस स्थानलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न प्रयास गरिनेछ। साथै, उनले जग्गा दाताहरू प्रति आभार व्यक्त गर्दै समग्र विकास निर्माणका काममा सबै राजनीतिक दलका नेता र सर्वसाधारणलाई साथ दिन आग्रह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ १३ गते नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक एवं पूर्वप्रधानमन्त्री माध..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..