औरही–१ मा सकिना खातुनले सम्हालिन् कार्यवाहक अध्यक्षको भूमिका

6 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज,औरही (धनुषा)

धनुषा जिल्लाको औरही गाउँपालिका–१ मा सकिना खातुनले कार्यवाहक वडा अध्यक्षको रूपमा जिम्मेवारी सम्हालेकी छन्। वडा अध्यक्ष अशेश्वर यादव माथि भ्रष्टाचार सम्बन्धी मुद्दा दायर भए सँगै उनी स्वतः निलम्बनमा परेका थिए।

 

निलम्बन पछि कानुनी प्रक्रिया अनुसार खातुनले कार्यवाहक वडा अध्यक्षको रूपमा पदभार ग्रहण गरेकी हुन्। गाउँपालिका कार्यालयका अनुसार खातुन विगत देखि नै स्थानीय शासनमा सक्रिय रहँदै आएकी छिन्। जनप्रतिनिधिका हैसियतले उनले विभिन्न विकास, सेवा तथा अनुगमनमा सहभागी हुँदै आएकी थिइन्।

“वडावासी जनताको सेवा प्रवाहमा कुनै अवरोध नहोस् भन्ने उद्देश्यले जिम्मेवारी दिइएको हो,” गाउँपालिका स्रोतले जानकारी दियो।

 

पदभार ग्रहण गरेसँगै खातुनले वडाबासीहरू सँग संवाद गर्दै आफू निरन्तर जनसेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गरेकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

     राष्ट्रिय आवाज सिरहा, मंसिर २८ गते   ग्लोबल एक्सन नेपालको आयोजनामा सिरहा नगरपालिका–१७ माडरमा सामाज..

    जीवनराज  बर्दिवास, मंसिर २७ गते  बर्दिबास साहित्यिक–सांस्कृतिक प्रतिष्ठानको ७५औँ शृङ्खला (हीरक अङ्क)..

राष्ट्रिय आवाज  जनकपुरधाम, २७ मंसिर   बढ्दो मानसिक तनाव र असन्तुलित जीवनशैलीका कारण समाजमा मानसिक समस्या ती..

    राष्ट्रिय आवाज  जनकपुर धाम, मंसिर २७ गते  नेपाल फार्मेसी संघ, मधेश प्रदेश अन्तर्गत धनुषा जिल्लाको प्रथम ..

  राष्ट्रिय आवाज  जनकपुरधाम, मंसिर २७ गते   जनकपुरधाम प्रशोधित पानी उद्योग व्यवसायीक संघको वार्षिक साधारण स..