सञ्चारकर्मी सरकारका ऐना हुन्, तर निष्पक्ष हुनुपर्छ : मन्त्री लेखी

1 वर्ष पहिले प्रकाशित

 

 

ओम प्रकाश साह 

जनकपुरधाम, असार ११ गते 

मधेश प्रदेशका गृहमन्त्री तथा सरकारका प्रवक्ता राजकुमार लेखीले सञ्चारकर्मीहरू लाई राज्यका ऐना र समाज रुपान्तरणका संवाहकको रूपमा चित्रित गर्दै निष्पक्ष र मर्यादित सञ्चारको आवश्यकता औँल्याएका छन्।

 

धनुषाको मिथिला बिहारी नगरपालिकामा आयोजित तीन दिने सम्पादक अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेखीले भने, “सञ्चार क्षेत्र अनुशासित, मर्यादित र अनुकरणीय हुन आवश्यक छ। सञ्चारकर्मी मित्रहरू, तपाईंहरू राज्यको चौथो अंग हुनुहुन्छ। सरकारका गल्ती औँल्याउनुहोस्, सुधारका सुझाव दिनुहोस् हामी स्वागत गर्छौं। तर व्यक्तिगत पूर्वाग्रहले सञ्चार गर्दा संवाद नै टुट्न सक्छ।”

 

* सञ्चारकर्मीलाई चेतावनी

लेखीले पद, सुविधा वा अवसर नपाएको असन्तुष्टि लिएर समाचार सम्प्रेषण गर्दा समाज रुपान्तरणको प्रयास नै अवरुद्ध हुने उल्लेख गरे। "यो पद पाइन, त्यो सुविधा पाइन भन्दै समाचार लेख्दा सरकार र सञ्चारकर्मी बीचको सम्बन्ध बिग्रन सक्छ", उनले थपे।

 

* समावेशीतामा कटिबद्धता

कार्यक्रममा उनले मधेश प्रदेशमा थारु र दलित समुदायलाई आयोग र समितिमा समावेश गरिँदा आफूविरुद्ध नकारात्मक टिप्पणीहरू आएको स्मरण गर्दै भने, “म कसैसँग डराउँदिन, नझुक्दिन। संविधान र कानुनअनुसार काम गर्छु। समावेशी राज्य निर्माण मेरो प्राथमिकता हो।”

 

उनले दलित, थारु, आदिवासी र पछाडि पारिएका वर्गलाई राज्यको मूलधारमा ल्याउन प्रतिबद्धता व्यक्त गरे। साथै, प्रदेशप्रति बढ्दो निराशाको सन्दर्भमा उनले भने, “प्रदेश चाहिँदैन भन्नुहुन्न, अब प्रदेशलाई अधिकार सम्पन्न बनाउन जनदबाब आवश्यक छ।”

 

* कार्यक्रमको आयोजनाः

तीन दिने अभिमुखिकरण कार्यक्रम आमसञ्चार प्राधिकरण, मधेश प्रदेशले आयोजना गरेको हो। कार्यक्रम अध्यक्षता प्राधिकरणका अध्यक्ष जितेन्द्र खडगाले गरे। विशेष अतिथिमा मुख्यमन्त्रीका प्रेस सल्लाहकार अवधेश कुमार झा, चलचित्र तथा लोक सञ्चार प्रवर्द्धन बोर्डका अध्यक्ष किशोर कुमार लेखी थिए। साथै मिडिया काउन्सिलका सदस्यहरू मन्नु कुमार पासमान र सुरेश यादव सहित अन्य सञ्चारकर्मीहरूको उपस्थिति थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ १३ गते नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक एवं पूर्वप्रधानमन्त्री माध..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..