नेपालका जडिबुटीहरुमा पाइने औषधीय गुणको वैज्ञानिक अनुसन्धान हुने

5 वर्ष पहिले प्रकाशित

काठमाडौँ — नेपालका जडिबुटीहरुमा पाइने औषधीय गुणको वैज्ञानिक अनुसन्धान हुने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को सहयोगमा रसायनशास्त्र केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालयले परम्परागत हिसाबले औषधिको रुपमा प्रयोग हुँदै आएका वनस्पतिहरुको औषधीय गुणको वैज्ञानिक अनुसन्धान गर्न लागेको हो ।

यससम्बन्धीको समझदारी पत्रमा एनएचआरसीका प्रमुख डा.प्रदीप ज्ञवाली र रसायनशास्त्र विभागका प्रमुख डा.रामचन्द्र बस्‍नेतले संयुक्त रुपमा हस्ताक्षार गरेका छन् ।

सम्झौताअनुसार औषधीय गुण भएका वनस्पतिहरुको पहिचान र संकलन गरी त्यसको जाँच गर्ने र राम्रो औषधीय गुण देखाएका वनस्पतिहरुको औ‍षधि विकासमा अनुसन्धान गर्ने सम्झौता भएको त्रिवि रसायनशास्त्र विभागका सह-प्राध्यापक डा.अच्युत अधिकारीले जानकारी दिए । हरेक वर्ष कामको प्रगतिको आधारमा रकम विनियोजना गर्ने समझदारी पत्रमा उल्लेख छ ।

प्राज्ञिक संस्थाहरुसँग सहकार्य गरेर सेन्टर फर एक्सिलेन्स निर्माणका लागि यो सहकार्यले सहयोग गर्ने एनएचआरसीका अनुसन्धानक प्रमुख डा.मेघनाध धिमालले इकान्तिपुरलाई बताए ।

'जडिबुटीमा धनी छौं तर सही सदुपयोग गर्न सकिरहेको छैनौं, तिनीहरुबाट के-के गुणाहरु रहेछ भन्ने जानकारी पत्ता लगाउन यो अनुसन्धानका लागि सहकार्य गरिएको हो,' धिमालले भने । यसबाट देशको आर्थिक उन्नति र विकास गर्न सकिन्छ भनेर पनि अनुसन्धान गर्न लागिएको धिमालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  ईन्द्र भुषण यादब  जनकपुरधाम, पुस ६ गते    जनकपुरधाम काे प्रसिद्ध गोपाल सेवा समिति स्थित श्रीकृष्ण मन्दिर..

जीवनराज दाहाल  बर्दिवास, पौष ५ गते   बर्दिवास–१४ स्थित एकीकृत नमुना मुसहर बस्तीका बालबालिकाको शिक्षामा सहय..

    सन्तोष महतो जनकपुरधाम, पुस ५ गते (शनिबार) निरंकारी मण्डल जनकपुरधामको आयोजनामा आज शनिबार सामाजिक उत्तरदायि..

    राष्ट्रिय आवाज  जनकपुरधाम, पुस ४ गते  मिथिलाको सांस्कृतिक राजधानी जनकपुरधाम यतिबेला युवाहरूको उत्साह, ..

  राष्ट्रिय आवाज  जनकपुरधाम, ३ पुस जनकपुरधाममा आयोजना हुन लागेको नेपाल जेसीजको ५२ औँ राष्ट्रिय महाधिवेशनको स..