आपराधिक गतिविधिमा कुनै सम्झौता हुँदैन: प्रहरी प्रमुख चतुर्बेदी

2 महीना पहिले प्रकाशित

 

ईन्द्र भुषण यादब 

जनकपुरधाम , भाद्र ४ गते 

मधेस प्रदेशमा अपराध नियन्त्रण लाई प्राथमिकतामा राख्दै प्रदेश प्रहरी प्रमुख डिआइजी उमा प्रसाद चतुर्बेदीले अपराधका विषयमा कुनै पनि किसिमको सम्झौता वा लापरबाही नहुने बताएका छन्।

 

राष्ट्रिय आवाज सँगको विशेष कुराकानीमा उनले प्रदेशभित्र विभिन्न खालका आपराधिक गतिविधि, तस्करी, अवैध कारोवार तथा कानूनविपरीतका क्रियाकलाप विरुद्ध प्रहरी शून्य सहनशीलताको नीति सहित अघि बढिरहेको जानकारी दिए।

 

“प्रहरीलाई जनताको सुरक्षा र शान्ति कायम राख्ने जिम्मेवारी छ। अपराध गर्ने व्यक्ति वा समूहसँग मिलेमतो गर्ने वा सम्झौता गर्ने प्रश्नै आउँदैन। अपराध हुने बित्तिकै तत्काल ठाउँकै ठाउँमा कारबाही हुन्छ,” उनले दृढताका साथ भने।

 

चतुर्बेदीले जनताको विश्वास बिना प्रहरी प्रभावकारी नहुने उल्लेख गर्दै प्रहरी र समुदाय बीचको सहकार्यलाई अझ सुदृढ बनाउन विभिन्न अभियान सञ्चालन गरिएको बताए। उनले अवैध हतियार, लागुऔषध, तस्करी र हिंसात्मक गतिविधि नियन्त्रणलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिए।

 

“हामीले मधेसलाई सुरक्षित, शान्त र कानूनी शासनमा आधारित प्रदेश बनाउन प्रतिबद्धता जनाएका छौं। त्यसका लागि अपराधी जेसुकै हैसियतको भए पनि कानुनको दायरा भित्र ल्याइन्छ,” चतुर्बेदीले भने।

 

उनको भनाइले मधेस प्रदेशमा अपराधविरुद्ध प्रहरीको कडा र दृढ भूमिकाको संकेत दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज जनकपुरधाम, कार्तिक २ गते   सामाजिक उत्तरदायित्व र नागरिक सचेतना अभिवृद्धिका उद्देश्यले ममत..

  राष्ट्रिय आवाज  जनकपुरधाम ,असोज २९ गते,बुधबार  मधेश प्रदेशमा नयाँ सरकार गठन भएको छ। लोकतान्त्रिक समाजवादी ..

  राष्ट्रिय आवाज असोज २९, जनकपुरधाम। मधेश प्रदेशका नी वर्तमान मुख्यमन्त्री सतीस कुमार सिंह र प्रदेशसभा सदस्य त..

  राष्ट्रिय आवाज,असोज २८ गते  निर्वाचन आयोग, नेपालले जनस्वराज पार्टी (संक्षिप्तमा जस्वपा) लाई आधिकारिक रूपमा द..

   ओ पी साह  जनकपुरधाम , असोज २७ गते , सोमबार    मधेश प्रदेशमा जलवायु परिवर्तन, कृषि प्रणाली र कृषिमा युवाको ..