जनकपुर धामकाे प्रसिद्ध राधाकृष्ण मन्दिरमा पर्यटककाे भीड

8 महीना पहिले प्रकाशित

 

ईन्द्र भुषण यादब 

जनकपुरधाम, पुस ६ गते 

 

जनकपुरधाम काे प्रसिद्ध गोपाल सेवा समिति स्थित श्रीकृष्ण मन्दिरमा पर्यटकहरुकाे भीड लागेको छ। श्रीकृष्णाजन्माष्टमीको अवसरमा प्रत्येक वर्ष कृष्ण मन्दिरमा विशेष पूजापाठ गरिदै आएको हुन्छ ।  

 

गोपाल सेवा समितिले श्रीकृष्ण मन्दिरलाई दुल्ही झैं सजाएको हुन्छ । धार्मिक तथा पर्यटकीय नगरी जनकपुधाम स्थित एक मात्र कृष्ण मन्दिरमा भक्तजनहरुको ओइरो लागेको हुन्छ ।  

 

सामान्यतया दिनहुँ जसो भीड रहने सो मन्दिर कृष्णाष्टमीको अवसरमा अझै बढि आकर्षक बनेको हुन्छ । हातमा मुरली , शिरमा मयूरको प्वाँख लगाई बाँसुरीको मधूर धूनमा मस्त भगवान श्रीकृष्णजन्माष्टमी काे दिन मामा कंशको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट जन्म भएको मान्यता रहिआएको छ । 

 

सोही दिनको स्मरण गर्दै प्रत्येक वर्ष हिन्दुधर्मावलम्बीहरुले धुमधामका साथ श्रीकृष्णाजन्माष्टमी मनाउने गरेका छन् । गोविन्द , कान्हा , कन्हैया , काले , मुरलीमनोहर , श्यामसुन्दर , माखनचोर , आदि बिभिन्न नामबाट बोलाईने कृष्णलाई जगतका सम्पुर्ण घटनाको मुख्य सर्जकाका रुपमा पनि स्मरण गरि पुजा अर्चना गरिने गरिएको हुन्छ । 

 

एका तर्फ न्याय र धर्मको रक्षार्थ विनाश र युद्धको नियतिसंग समानान्तर रुपमा गएको कृष्णको जीवन अर्को तर्फ शान्ति र मानवता तर्फ पूर्ण रुपमा निर्दिष्ट रहेको छ । श्रीकृष्ण जन्माष्टमी काे अवसरमा संस्कृतिक प्राेग्राम , मेला/ प्रसाद वितरण / छठिहार गरी निष्ठा पूर्वक पूजा आराधना गरी सम्पन्न हुने गरिएको गाेपाल सेवा समितिले जनाएका छन् ।  

 

श्री राधाकृष्ण मन्दिर 

प्रत्येक दिन 

 

बिहान ढाेका खुल्ने समय : ५ बजे 

बिहान पूजा आरती हुने : ७ बजे 

बिहान ढाेका बन्द हुने : १२ बजे 

दिउँसो ढाेका खुल्ने समय : ०३:३० बजे 

सन्ध्या पूजा आरती : साँझ : ७ बजे 

पट बन्द : ९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..