तामाकोशी गाउँपालिका वडा नम्बर ५ सहरेमा लैङ्गिक हिंसा सम्बन्धी लोक गीत प्रतियोगिता

5 वर्ष पहिले प्रकाशित

दिपक बस्नेत
मंसिर २०, तामाकोशी ।
तामाकोशी गाउँपालिका वडा नम्बर ५ सहरेमा लैङ्गिक हिंसा सम्बन्धी लोक गीत प्रतियोगिता भएको छ ।
''घरदेखि शुरु गरौं, महिला विरुद्धको हिंसा अन्त्य गरौं" भन्ने राष्ट्रिय नाराका साथ लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान संचाल भइरहेको सन्र्दभमा तामाकोशी गाउँपालिका वडा नम्बर ५ आयोजनामा लोक गित प्रतियोगित संचालन भएको हो ।
तामाकोशी गाउँपालिका वडा नम्बर ५ सहरेमा भएको कार्यक्रममा वडा भित्रका ६ वटा समुहको सहभागिता रहेको थियो । वडा नम्बर ५ सहरेका वडा सचिव रितु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पिपलडाँडा र कालिका आमा समुह प्रथम , राधाकृष्ण आमा  समुह द्धितिय, लगनशिल आमा समुह तृतिय र कालिका जनजाग्रिती आमा समुह शान्तोना भएका छन् । वडा नम्वर ५ सहरेका कार्यवाहक  वडा अध्यक्ष अर्गलाल चौलागाईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कार्यक्रममा वडा भित्रका राजनितिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि लगाएत उल्लेख्य महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा शंकेश्वर बचत तथा ऋण सहकारीका अध्यक्ष रुद्रप्रसाद चौलागाई, भविष्य निर्णमाण बचत तथा ऋण सहकारीका उपाध्यक्ष जनक खड्का लगाएतले मन्तव्य व्यक्त गर्नु भउको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय अवाज  जनकपुरधाम, भदौ १५ गते   रसुवाको बाढी प्रभावित क्षेत्रमा कतारमा रहेको गल्फ समाज सेवा संस्..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ १५ गते    मधेश प्रदेशका हरवा–चरवा समुदायले आफ्ना दुई बुँदे माग तत्काल स..

  मोनु गुप्ता/राष्ट्रिय अवाज जनकपुर धाम,भाद्र १५ गते  रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि ..

दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम, भदौ १४ गते    जनकपुरधाम–१० स्थित देवीचोकमा श्री चित्रगुप्त सेवा समितिको आय..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ १३ गते नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक एवं पूर्वप्रधानमन्त्री माध..