जलेश्वरी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शुशिला कार्की पोखरेलको अध्यक्षतामा नयाँ संचालक समिति सर्व सहमतिमा चयन

4 वर्ष पहिले प्रकाशित

दिपक बस्नेत
मंसिर २९, तामाकोशी ।
जलेश्वरी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शुशिला कार्की पोखरेलको अध्यक्षतामा नयाँ संचालक समिति सर्व सहमतिमा चयन गरेको छ ।
जलेश्वरी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुको १४ औं बाषिक साधारण सभा मार्फत अध्यक्ष सहित सम्पुर्ण संचालक समिति सर्व सहमतिमा चयन गरेको हो । तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुका वडा अध्यक्ष होम शहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाको उपाध्यक्षमा शान्ता श्रेष्ठ, सचिव गोमा बुढाथोकी, कोषाध्यक्षमा सविता दहाल पोखरेल चयन हुनु भएको छ । संस्थाले पार्वती घिमिरेको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति पनि चयन गरेको हो ।
सहकारीका अध्यक्ष शुसिला कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समुन्वय समिति सदस्य गीता पोखरेल, गोल्मेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यपक सञ्जय खड्का, भीमेश्वर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सिताराम उप्रेती, नेकपा एमालेका हरिशंकर पोखरेल, नेकपा माओवादी केन्द्र मालुकाका अध्यक्ष खड्ग विक्रम खड्का, नेकपा एकिकृत समाजवादीका वडा संयोजक यज्ञ बहादुर श्रेष्ठ, गडीमाई बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष टोप बहादुर मिजार, जाल्पादेबी साना किसान कृषि सहकारीका व्यवस्थापक भीमबहादुर श्रेष्ठ लगाएतले सल्लाह सुझाव सहित शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज, जनकपुर धाम    ग्लोबल एक्सन नेपाल द्वारा धनुषाको लक्ष्मिनिया गाउँपालिका–सपहीमा सामाजिक ..

    राष्ट्रिय आवाज जनकपुर धाम,कार्तिक ११ गते    ‘स्वास्थ्य र सिर्जनशील युवाको लागि खेलकुद, खेलकुदका लागि ..

  राष्ट्रिय आवाज जनकपुरधाम, कार्तिक ११ गते जनकपुरधाम उपमहानगरपालिकामा कार्यरत भेटेरिनरी डाक्टर अमर कुमार साह..

राष्ट्रिय आवाज बर्दिवास, महोत्तरी ,कार्तिक १० गते नेपाल रेडक्रस सोसाइटी बर्दिवास उपशाखा अन्तर्गतको बर्दिवास रक..

  राष्ट्रिय आवाज      जनकपुरधाम, कार्तिक १० गते  जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको तेलहा पो..