डेंगु सङ्क्रमणबाट ३६ जनाको मृत्यु, २७ हजार बढीमा सङ्क्रमण

4 वर्ष पहिले प्रकाशित

काठमाडौं, असोज १२ गते । नेपालमा डेंगु सङ्क्रमणबाट ३६ जनाको मृत्यु भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडिसिडि० को तथ्याङ्क अनुसार नेपालमा डेंगु सङ्क्रमण्बाट ३६ जनाको मृत्यु भएको छ । त्यस्तै, २७ हजार ५६९ जनामा डेंगु पुष्टि भएको ईडिसिडिको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

डेंगुको सङ्क्रमण सबैभन्दा धेरै बागमती प्रदेशमा २१ हजार ५८९ जनामा भएको छ । त्यस्तै, लुम्बिनीमा तीन हजार ५०, प्रदेश १ मा ८१५, सुदूरपश्चिममा ८२१, गण्डकीमा ६५३, मधेश प्रदेशमा ४०५ र कर्णाली प्रदेशमा २३६ जनामा डेंगु पुष्टि भएको छ ।

जिल्लाअन्तर्गत सबैभन्दा बढी काठमाडौंमा नौ हजार ४९६, ललिपुरमा छ हजार ४९८, मकवानपुरमा दुई हजार ६९१, दाङमा एक हजार ४१०, भक्तपुरमा एक हजार ७६, रुपन्देहीमा ७३७, चितवनमा ७१७, धादिङमा ४४९, गुल्मीमा २९९, कैलालीमा २९८ गरी १० जिल्लामा सबैभन्दा बढी २३ हजार ६९१ जनामा डेंगु पुष्टि भएको छ ।

ईडिसिडिले डेंगुको सङ्क्रमण कात्तिकसम्म बढ्ने सक्ने आकलन गरेको छ । चिकित्सकका अनुसार डेंगुको ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । एडिस जातका लामखुट्टेले घाम उदाएको दुई घण्टापछि र घाम अस्ताउनुभन्दा दुई घण्टा अघि सक्रिय हुने हुँदा सचेत रहन चिकित्सकको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ १५ गते    मधेश प्रदेशका हरवा–चरवा समुदायले आफ्ना दुई बुँदे माग तत्काल स..

  मोनु गुप्ता/राष्ट्रिय अवाज जनकपुर धाम,भाद्र १५ गते  रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि ..

दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम, भदौ १४ गते    जनकपुरधाम–१० स्थित देवीचोकमा श्री चित्रगुप्त सेवा समितिको आय..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ १३ गते नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक एवं पूर्वप्रधानमन्त्री माध..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..