चिनियाँ राष्ट्रपतिले भारतीय प्रधानमन्त्रीलाई पठाए सान्त्वना सन्देश

5 वर्ष पहिले प्रकाशित

बेइजिङ — कोरोना महामारीका कारण थलिँदै भएको भारतलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले सान्त्वना सन्देश पठाएका छन् ।

शुक्रबार सीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई एउटा सन्देश पठाएर कोरोना महामारीको अवस्थाबारे आफ्नो ऐक्यबद्धता सन्देश पठाएका हुन् । सीले भने, ‘मानव जाति सुखदुःख समान भएको एउटै भाग्य समुदायको हो । सबै मुलुकहरू मिलेर महामारीलाई परास्त गर्नुपर्छ ।’

राष्ट्रपति सीले महामारीको यो कठिन घडीमा भारतलाई सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् । उनले भारतसँग मिलेर महामारी रोकथाममा सहकार्य गर्ने इच्छा देखाउँदै भारतलाई आवश्यक समर्थन र सहायता गर्न इच्छुक रहेको उल्लेख गरेका छन् । तर सन्देशमा उनले सहयोगको रुपरेखाबारे केही उल्लेख गरेका छैनन् ।

दोक्लाम विवादलगायत अनेक मामिलामा भारत र चीन ठूलो मतान्तरका बढेका सन् २०१८ को अप्रिल २७ र २८ तारिख चीनको हुपेइ प्रान्तस्थित वुहानमा शिखर वार्ता भएको थियो । सो वार्तापछि दुवै देशबीच सम्बन्ध सुधारिएको थियो । सो वार्ताको ३ वर्ष पुगेको सेरोफेरोमा सीले मोदीलाई सम्झिएर सान्त्वना सन्देश पठाउनु अर्थपूर्ण मानिएको छ ।

गत मार्चको अन्त्यतिर विश्व स्वास्थ्य संगठनले भारतमा दुई पटक उत्परिवर्तित भएको कोरोना भाइरस भेटिएको बताएको थियो । पछिल्लो समय संक्रमितको संख्या ३ लाख हाराहारी पुग्ने गरेको छ । श्रीलंकामा पनि कोभिडको नयाँ उत्परिवर्तित भाइरस भेटिएको छ भने बंगलादेशमा लकडाउन गरिरहेको छ । दक्षिण एशियाली मुलुकहरूमा महामारीको कडा प्रतिक्रिया देखापरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..